शिक्षकको कुटाईबाट विद्यार्थीको ज्यान गयो, नगरसभामै चल्यो दोहोरी र मदिरा पार्टी (भिडियो)



प्रकाशित मिति : Jul 11, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४०३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. शिक्षकको कुटाईबाट विद्यार्थीको ज्यान गयो

कञ्चनपुर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निरन्तर प्रश्न उठिरहेका छन्, त्यसमाथि सामुदायिक विद्यालयमा पढाउने कतिपय शिक्षकहरुको व्यवहार कारण सिंगो शैक्षिक क्षेत्र बदनाम हुने गरेको छ । यसका पछिल्लो उदाहरण बनेको छ, कञ्चनपुरमा । कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्यनरत माधव कलौनीको शिक्षकको कुटाइबाटै ज्यानै गएको छ ।

२.नगरपालिकाकै खर्चमा नगरसभामा मदीरा पार्टी !
तनहुँ । सामान्यतया सरकारी कार्यालयले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा मदीरा प्रयोग गर्न पाइदैन । तर तनहुँको प्यास नगरपालिकाले आफ्नो ३१ आँै नगरसभा स्थलमै मदीरा पार्टी गरेको भिडियो भाइरल भएको छ । आर्थिक बर्ष २०७६—७७ का लागि नगरपालिकाले बजेट घोषणा गर्न आयोजित कार्यक्रममा बजेट भाषणपछि भने नाचगान र मदिरापान सुरु भएको रहेछ । नगरसभा स्थलमा मदीराको चाङ थियो ।

३. मानव तस्कहरुको चङ्गुलबाट भाग्न सफल चेलीको कथा
काठमाडौं । रोजगारीका लागि दलालहरु मार्फत अबैध बाटो हुँदै इराक पुगेकी धादिङकी पुष्पा गुरुङको इराकमा सडक दुर्घटना भयो । कयौं दिन आईसियुमा राखेर बल्ल–बल्ल बाँचेकी उनी दुर्घटनापछि राम्ररी हिँडडुल गर्न सक्दिनन् । दुर्घटनापछि इराकमा उनले वीमाको ५५ लाख रुपैयाँ पाउने भइन् । तर, उनीसँगै बस्ने म्याग्दीका किशन राईले नेपालबाट पुष्पासँगको नक्कली विवाह दर्ता गराई उक्त रकम लिएको पुष्पाको आरोप छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com