त्रिविका प्राध्यापकलाई छात्रामाथि गिद्धे नजर लगाएको आरोप, फोन र म्यासेजमा ब्ल्याकमेल ! बनेपा सिरिञ्ज घटनामा खगेन्द्र निर्दोष (भिडियो)



प्रकाशित मिति : Jul 10, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४०२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. तरकारीको बिषादी परीक्षणमा कसले ग¥यो राजनीति ?

काठमाडौं । असार ३ गते अघिसम्म भारतबाट निर्वाधरुपमा भित्रिरहेको विशाक्त तरकारी तथा फलफूल नेपालका उपभोक्ताले उपभोग गरिरहेका थिए । तर नेपाल सरकारले भारतसहित तेस्रो मुलुकबाट आयात गरिने तरकारी तथा फलफूलको नाकामै विषादी परीक्षण गर्ने जेठ १० गतेको मन्त्रिपरिषदको निर्णय असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर कार्यान्वयनमा ल्याएपछि भने विषाक्त तरकारी परीक्षणले देशमा हंकाम नै मच्चाएको छ ।

२. कैलालीमा बजेट कुम्ल्याउन झरीमा पिच !

कैलाली । असार आर्थिक बर्षको अन्तिम महिना मात्रै होइन–विकास बजेट सक्न खोलामै पैसा बगाएर जस्तै लापरवाही तरिकाले राज्यकोष सक्ने महिना पनि हो । यसको उदाहरण देखिएको छ कैलालीको गौरीगंगा नगरपालिकाको पहलमानपुर बजारमा । यहाँ असारे झरीसँगै सडकमा कालोपत्रे भइरहेको छ । केही मजदुर कालोपत्रे गर्दै छन्, भने कोही ओत लागेका छन् ।

३. सिरिञ्ज आक्रमणको झुटो आरोप लागेपछि…

काठमाडौं । धुलिखेल जाने बसमा ‘सिरिञ्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका एक ब्यक्ति निर्दोष भएको पुष्टी भएको छ । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठकलाई प्रहरीले सोमबार साँझ नै थुनामुक्त गरेको थियो ।

४. त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कोइरालाको गिद्धे नजर छात्रामाथि !

काठमाडौं । त्रिभुवन विश्व विद्यालयमा मोटो रकम लिएर पासलाई फेल र फेललाई गोल्ड मेडल दिएको बिषय बाहिरीएकै समयमा त्रिविकै शिक्षाशास्त्र संकाय अन्तर्गत अर्थशास्त्र अध्यापन गराउने प्रध्यापक जगदिश मूर्ति कोइरालाले परीक्षामा उर्तिण गराइदिने भन्दै एक छात्रालाई निरन्तर ब्यालकमेल गरेको आरोप लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com