८ वर्षीय बालकले युट्युब हेरेरै सिके १ सय ६ भाषा !



प्रकाशित मिति : Jul 09, 2019

काठमाडौं । युट्युबका कारण धेरै बालबालिकाहरुको पढाई बिग्रिएको अभिभावकले गुनासो गर्दछन् । तर, भारतका एक ८ बर्षीय बालकले युट्युबबाटै १ सय ६ वटा भाषा सिकेका छन् ।

सामान्यतया बालबालिकाहरु युट्युबमा विभिन्न कार्टुन तथा अन्य भिडियोहरु हेर्ने गर्छन् । तर भारतको एक बालकले भने युट्युबबाटै चमत्कारिक क्षमता हासिल गरेका छन् ।

केरलाका नियाल नामक यी ८ वर्षीय बालकले युट्युब हेरेरै १ सय ६ प्रकारका भाषा सिकेका छन् । १ सय ६ प्रकारका भाषा जतिखेरै फरर बोल्न सक्ने उनी सेलिब्रेटी नै बनेका छन् ।

यस्तै उनी थप ५ नयाँ भाषा सिक्ने क्रममा छन् । इन्टरनेटको गलत प्रयोग गरी समय खेर फालिरहेका बालबालिकाहरुका लागि उनी एउटा अनुकरणीय पात्र हुन बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com