होमस्टेले तनहुँमा गाउँघर पनि फेरियो–गाउँलेको मुहारमा मुस्कान पनि दौडियो (भिडियो)



प्रकाशित मिति : Jul 09, 2019

१. मार्ट सिटी बन्ने रहर गरिरहेको पोखराका लागि सडकको व्यवस्थापन नै मुख्य चुनौती
सडकको अव्यवस्थापनले पोखरा दिनानुदिन कुरुप बन्दैछ । स्मार्ट सिटी बन्ने रहर गरिरहेको पोखराका लागि सडकको व्यवस्थापन नै मुख्य चुनौती बन्न थालेकोे छ । दैनिक सयौ गाडी गुड्ने पोखराको सुन्दरता अनुरुप सडक पनि चिल्ला हुनु पर्ने हो । तर पोखराको मुख्य चोकका सडकहरुको अवस्था नै दयालाग्दो देखिएको छ । यस्तो अवस्थामा पनि सरोकारवाला कुनै निकायको ध्यान नजानु उदेकको विषय बनेको छ ।

२.होमस्टेले तनहुँमा गाउँघर पनि फेरियो गाउँलेको मुहारमा मुस्कान पनि दौडियो

होमस्टे अहिले धेरै गाउँठाउँको परिचय र मुहार फेर्न सफल हुदै गएको व्यवसाय हो । पर्यटनसंग सोझै सम्बन्ध राख्ने होमस्टेको मौलाउदो व्यवसायले गाउँलाई चिनाउदैन मात्र धेरै समुदायको सांस्कृतिक तथा पारम्परिक जानकारीलाई उजागर पनि गराउँदै आएको छ । एक समय काम नपाएर त्यसै बसेका तनहुँका गुरुङ समुदायका महिलाहरु पनि होमस्टेमा सक्रिय बनेपछि अहिले गाउँको मात्र नभइ उनीहरुको मुहार समेत चम्किलो बनेको छ ।

३.बागलुङको आलुका लागि पकेट क्षेत्रमा नै आलु नफले पछि किसानहरु बने इन्तु न चिन्तु
सबैको भान्साको लोकप्रिय र अनिवार्य परिकार आलुको उत्पादन घटेपछि बागलुङका किसानहरु इन्तु न चिन्तु बनेका छन् । बागलुङ जिल्लामा आलुका लागि पकेट क्षेत्र भनेर ख्याति कमाएका ठाउँहरुमा नै आलुको उत्पादन घटेपछि किसानहरु स्थानीय तह, प्रदेश र केन्द्र सरकारसंग नै हार गुहार गर्ने अवस्थामा पुगेका छन् । बढी हिमपात, बर्षा र तुसारोले आलु उत्पादनमा तुषारापात लागेपछि बागलुङका किसानहरुलाई हातमुख जोर्न नै धौ धौ पर्ने अवस्था आएको छ ।

४.सडकको पहुँच पुगेपछि मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बर्षभर नै तीथालुको भीड लाग्दै
हिन्दू धर्मावलम्बीहरुका लागि अति विशिष्ट महत्व राख्ने मुस्ताङको मुक्तिनाथ मन्दिरमा अहिले १२ महिना नै भीड लाग्न थालेको छ । पहिलो चैत र वैशाख अनि असोज र कात्तिकमा मात्र भीड लाग्ने मुक्तिनाथमा अहिले बाहै« महिना तीर्थालुहरुको चहलपहल देख्न पाइन्छ । विशेषत मुस्ताङ सडक सञ्जालमा जोडिएपछि यो अवस्था सिर्जना भएको हो । बर्षभर मुक्तिनाथमा चहलपहल बढन थालेपछि मुस्ताङवासीको व्यापार व्यवसाय पनि फस्टाउदो छ भने सुरक्षा सतर्कता पनि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com