ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाले सरकारको स्वास्थ्य नीतिलाई गिज्याउँदै (भिडियो)



प्रकाशित मिति : Jul 09, 2019

१. ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाले सरकारको स्वास्थ्य नीतिलाई गिज्याउँदै
हरेक नेपालीलाई स्वास्थ्यको पहुँचमा उभ्याउने सरकारको नारालाई ग्रामीण भेगका नेपालीको स्वास्थ्य अवस्थाले गिज्याइरहेको छ । हरेक स्थानीय तहमा एक स्वास्थ्य चौकी पु¥याउने सरकारको योजनामा स्थानीय तहहरु नै नकस्सिएसम्म हरेक नेपालीले स्वास्थ्य सेवाको उपभोग गर्न पाउने अवस्था छैन ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको ग्रामीण क्षेत्रमा यसपटक पुगेको स्वास्थ्य सेवाले यो अवस्था छर्लङ्ग पारेको छ कि नेपाली नागरिक कुन हदसम्मको स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका छन् ।

२.उकाली ओराली, मेलापात र घाँसदाउराले ग्रामीण महिलामा पाठेघर खस्ने समस्या विकराल बन्दै
उकाली ओराली , घासदाउरा र मेलापात ग्रामीण महिलाहरुको दिनचर्या यसरी नै वित्दै आएको छ नेपालमा । उनीहरुलाई के गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने हेक्का समेत छैन । नेपालका ग्रामीण महिलाहरुमा देखिएको सबभन्दा ठूलो समस्या पाठेघर खस्ने समस्या नै हो ।

सानैदेखि बढी मेहनत गर्नु पर्ने , शरीरले थाम्नु पर्ने भन्दा बढी भार उठाउनु पर्ने र समय समयमा स्वास्थ्य चेकजाँच नगराउने समस्याले ग्रामीण भेगका महिलाहरु अकालमा ज्यान गुमाउन बाध्य छ्न । समय समयमा पुग्ने गरेको घुम्ती तथा निशुल्क स्वास्थ्य शिविरमा ग्रामीण महिलाको अवस्था कहालीलाग्दो पाइन थालेको छ । त्यसैले पनि संघीय,प्रदेश र स्थानीय सरकारले ग्रामीण भेगमा स्वास्थ्य सेवाको उपस्थिति बलियो बनाउन आवश्यक देखिएको छ ।

३.कृषिबाट मुलुकको समृद्धिको सपना देख्ने सरकारले कृषकलाई रोपाईको समयमा पनि मल दिन सकेन

कृषिबाट नै मुलुकमा समृद्धिको सपना देख्ने सरकारले समयमा कृषकलाई रासायनिक मल दिन नसक्दा यसपटक देशभरको धान रोपाई प्रभावित बनेको छ । समयमा मनसुन नभित्रनु एउटा पिरलो बन्दा मलको अभावले अर्को पिरलो थपेको छ । धान रोपाईको समयमा मल अभाव हुने रोग नौलो होइन नेपालमा । तर दुई तिहाई वहुमतको सरकारले पनि आफैले दिएको कृषिबाट समृद्धिको नारालाई सार्थक तुल्याउन मल अभावको परम्परागत समस्यालाई हटाउन सकेन ।

मलको अभावमा समयमा रोपाई नहुँदा यसपटक धान उत्पादन घट्ने निश्चित देखिएको छ भने सहकारी र ठेकेदारको मिलेमतोमा चाहिएको बेलामा मल अभाव गराउने खेल यसपटक झनै सप्रिएको देखिनुले थप चिन्ता थपेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com