संघीय सरकार र विराटनगर महानगरपालिकाबीचको कर्मचारी प्रकरणले परियोजनाहरु अलपत्र बन्दै (भिडियो)



प्रकाशित मिति : Jul 07, 2019

‘कसैले हाजिर गरेमा रामधुलाई खान्छ’–यो शब्द सुन्दा पनि कति असहज लाग्छ । यो शब्द लाग्दो हो कुनै गैर सरकारी क्षेत्रमा प्रयोग हुँदो हो । तर लाजलाग्दो पक्ष यो शब्द प्रयोग भएको स्थान हो विराटनगर महानगरपालिका । त्यसमाथि यो शब्द प्रयोग गर्ने व्यक्ति अरु कोही नभएर महानगरका प्रमुख नै हुन ।

संघ र प्रदेशबीच मात्र नभइ संघ र स्थानीय तहबीच बिभिन्न शीर्षकमा विवाद जारी रहदा कर्मचारी समायोजन र सरुवामा पनि विवाद उत्तिकै छ । संघीय सरकारले सरुवा र अधिकार दिएर पठाएको कर्मचारी स्थानीय तहले नस्वीकार्ने र हाजिर समेत गर्न नदिने प्रवृति अब आम बनिसक्यो ।

जस्ले गर्दा स्थानीय तहको विकास कसरी अवरुद्ध बनेको छ भन्ने उदाहरण पनि विराटनगर महानगरपालिकामा शुरु गरिएको क्षेत्रीय शहरी विकास परियोजनाको काम बनेको छ । परियोजनाको काम ठप्प बन्दा विराटनगरवासीले कुन हदसम्म दुःख पाएका छन् र यो वर्खा महिनामा थप कति कष्ट पाउने हुन विराटनरवासी सम्झन समेत चाहनदैनन ।

परियोजनाको काम अलपत्र छ किनभने विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीलाई लामो समयदेखि दिनु पर्ने ६० करोड रुपैयाँ दिन सकेको छैन । कारण उही कर्मचारी सरुवा र हाजिर हुन नदिएको प्रकरणले ।

दुई बर्ष भित्र सम्पन्न गर्ने गरी एसियाली विकास बैंकको ऋण सहयोगमा विराटनगरमा सुरु गरिएको हो क्षेत्रीय शहरी विकास परियोजना । सन २०१७ मा सुरु भएको यो परियोजनाको ७० प्रतिशत काम सकिएको छ । तर अब भने अगाडि बढने कुनै सम्भावना देखिएको छैन ।

किनभने भुक्तानी समयमा नपाउँदा ठेकेदार कम्पनीले व्याज सहित भुक्तानीको दावी गर्न थालेको छ भने रकम नपाई काम अगाडि नबढाउने पक्षमा देखिएको छ । यता संघीय सरकारले परियोजना हेर्ने गरी परियोजना प्रमुख बनाएर पठाएको व्यक्तिलाई विराटनगर महानगरपालिकाले स्वीकारेन भने लेखा अधिकृतलाई हाजिर समेत हुन नदिइ फर्काइदिएको छ ।

हाजिर गरे कुटिन्छ भन्ने सम्मको शब्द प्रयोग हुन थालेपछि संघले पठाएको कर्मचारीहरु त्यसै फर्किए पछि परियोजनाको काम थप अलपत्र पर्ने निश्चित छ । एशियाली विकास बैंकको ऋण र संघीय सरकारको सहयोगमा निर्माण भईरहेको क्षेत्रीय शहरी विकास परियोजनाको काम संघीय सरकार र विराटनगर महानगरपालिका बीचको विवादको कारण समयमा सम्पन्न हुने सम्भावना न्यून बन्दा अब पनि रमिते बन्ने कि संघीय सरकारले हस्तक्षेप गर्ने आँट गर्ने ?


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com