धानको लागि उर्वर भूमि झापामा सिंचाई र रासायनियक मलको अभाव हुँदा रोपाई रोकियो (भिडियो)



प्रकाशित मिति : Jul 07, 2019

१.धानको लागि उर्वर भूमि झापामा सिंचाई र रासायनियक मलको अभाव हुँदा रोपाई रोकियो
धान धमाधम रोपिदै गरिनु पथ्र्यो यतिखेर । धानका लागि उर्वर भूमि एवं नेपालमा सर्वाधिक धान फल्ने जिल्ला झापामा यसपटक भने धान रोपाई हुन सकेको छैन । त्यसैले किसानहरु पुर्पुरोमा हात राखेर वस्न विवश छन् । पानी झमझम पर्नु पर्ने यतिखेर टन्टलापुर घाम लाग्दा खेतका गराहरु फुटेर धजाधजा बनेका छन् भने रासायनिक मलको अभावले अर्को पिरलो थपेको छ किसानलाई ।

झापाको केही स्थानलाई तीन बर्ष अघि धान सुपरजोन समेत घोषणा गरियो तर यही सुपरजोनका किसानहरु सिंचाईको अभाव र मलको अभावले तड्पिरहेका छन् । आत्मनिर्भरताको खोजीमा छटपटिरहेको यो मुलुकका किसानहरु यसरी खेतमा छटपटिनु पर्दा परनिर्भरता घट्ने कुनै संकेत समेत देखिदैन ।

२.धरानवासीहरु प्रचारप्रसारको अभावमा सरकारी अस्पतालबाट पाउने सुविधबाट वञ्चित बन्दै
धरान सबै हिसाबले पूर्वको अब्बल शहर मात्र होइन मेडिकल हबतर्फ पनि उन्मुख शहर हो । दक्षिण एसियामा नै नाम चलेको प्रतिष्ठित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र नभइ अन्य नाम चलेका निजी अस्पतालहरु पनि यो शहरमा उभिएका छन् ।

त्यसैले पनि धरानवासीहरु आफ्नो स्वास्थ्यमा केही समस्या पर्दा यही नाम चलेका अस्पतालहरुमा पुग्ने गर्दा सरकारी अस्पतालहरु बेखबर बनिरहेका छन् । उसो त सरकारी अस्पतालमा ३७ प्रकारका औषधि र स्वास्थ्य उपचार निशुल्क भएपनि यो सुविधा धरानवासीले उपभोग नै गर्न पाएका छैनन् ।

जानकारीको अभावले पनि धरानवासीहरुले यो सुविधाको पहुँचबाट वाहिर रहनु पर्दा अब भने सरकारी स्वास्थ्य चौकी एवं अस्पतालहरुले धरानवासीमाझ पुग्ने उपाय खोज्नै पर्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com