पोखरा महानगरको एक घर एक धारा अवधारणले मेथलाङवासीले पाए राहत (भिडियो)



प्रकाशित मिति : Jul 07, 2019

१. शव दाहसंस्कार गर्ने स्थानको अभावले पिरोलिएको पोखरा महानगरले भित्र्यायो शव जलाउने मेसिन
शवदाहको समस्याले अहिले मुलुकका सबै शहरहरुलाई प्रभाव पार्न थालेको छ । हिन्दूहरुको अन्तिम संस्कार पनि विशिष्ठ र ऋत पु¥याएर गरिने हुँदा बढ्दो शहरीकरण र बढ्दो जनघनत्वले सबैलाई समस्यामा पार्दै आएको छ । सुक्दो खोलानाला, शव जलाउन आवश्यक दाउराको अभाव र स्थानहरुको समेत अभाव हुँदा अन्तिम संस्कारको कार्य धेरै ठाउँमा प्रभावित बन्दै आएको छ ।

यही समस्याले घेरिएको पोखरा महानगरपालिकाले भने नयाँ उपाय अघि सारेको छ । सेती नदीको पवित्रता बचाउन र यस्मा वातावरणीय असर पर्न नदिन अहिले पोखरामा शवदाह गृह निर्माण गरी शव जलाउने मिसिन भित्रयाइएको छ । जस्ले गर्दा पोखरामा अन्तिम संस्कार कार्य अब सहज हुने आशा गरिएको छ ।

२.पोखरा महानगरको एक घर एक धारा अवधारणले मेथलाङवासीले पाए राहत
जलस्रोतको धनी यो मुलुकका नागरिकले सबभन्दा बढी समस्या पिउने पानीको नै भोग्दै आएका छन् । यो समस्याले देशका हरेक गाउँठाउँलाई गाँजेको छ । तर ढिलै भए पनि धेरै स्थानहरुमा समस्याको समाधान खोज्ने कामहरु पनि भइरहेका छन् । यस्तै समस्या लामो समयदेखि भोग्दै आएको थियो पोखरा महानगरपालिकाको मेथलाङवासीले पनि ।

तर पोखरा महानगरपालिकाले एक घर, एक धारा अवधारणा अघि ल्याएपछि मेथलाङवासीले समस्या पनि पानीले नै बगाउने अवस्था देखिएको छ । लिफ्टिङ प्रविधिमार्फत खानेपानी योजना सम्पन्न भएपछि मेथलाङवासीले वर्षौदेखि भोग्दै आएको समस्याको अन्त्य हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com