‘सीधाकुरा’को ४०० औं एपिसोड-आर्यघाटमा फालिएकादेखि साङ्लोले बाँधिएकासम्म स्टुडियोमा (भिडियो)



प्रकाशित मिति : Jul 06, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज चार सय औं एपिसोड हो । आजको एपिसोडमा यस कार्यक्रमले गरेको केही उदाहरणीय कामको बारेमा प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. पाइला पाइलामा ठगिन्छन् नागरिक, न देशमा ढुक्क न प्रदेशमा सन्तुष्टी
काठमाडौं । पछिल्लो समयमा नेपाली समाजमा मौलाएको कुनै धन्दा छ भने ठगी एक नम्बरमा पर्छ । हाम्रो कार्यक्रमको अनुभवका आधारमा भन्ने हो भने विहान घरबाट निस्किएर साँझ घर फर्किदाँसम्म हामी हरेक पाइला–पाइला कोही न कोहीबाट ठगीइहरेका हुन्छौं । काठमाडौ पेसा व्यवसाय गर्ने भन्दा ठगी धन्दा चलाउनेको संख्या आकाशिएको छ । विशेष गरी काम लगाइदिने, विदेश पठाइदिने, सरकारी सेवामा सेटिङ मिलाइदिनेदेखि अड्डा अदालतमै मुद्धा तलमाथि बनाइदिने भन्दै दैनिक सयाँै नेपालीको करोडौँ ठगी भैरहेको छ ।

२. सुधार गृह सुधार्ने प्रयास
काठमाडौं । सुधार गृहमा अमानविय घटना हुने गरेका घटना छिटफुट सुनिने गरेपनि ठूलो संख्यामा पीडितहरु खुल्न चाहान्नन् र विरोध गर्न सक्दैनन् । तर, हाम्रो कार्यक्रममा केही समय अघि आएका केही युवाहरु भने सुधार केन्द्रको अत्याचार सहन नसकेर सुधार गृह तोडेर भागेर आएका थिए । काठमाडौको सुकेधारामा रहेको ट्रान्सफरमेशन नामका सुधार गृहमा चरम अमानविय व्यवहार गरेको भन्दै सुधार गृहका अन्यलाई उद्धार गर्न उनीहरुको गुहार थियो ।

३. लिवियाका विद्रोहीको कब्जाबाट बाँच्न सफल नेपाली युवाहरु
काठमाडौं । डेढ महिनादेखि लिवियामा जीवनमरणको दोसाँधमा रहेको ८ जना नेपाली शुक्रबार बिहान काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भए । केही समय अघि हामीले लिवियाबाट अबैध बाटो इटाली छिर्ने क्रममा समुन्द्रमा अलपत्र परेपछि लिवियाको विद्रोही पक्षको कब्जामा परेका लमजुङका पुर्णप्रसाद अधिकारी, राजकुमार गुरुङ, दिनेश बस्नेत र चितवनका नेत्र भण्डारीको बिषयमा देखाएका थियौं ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com