कर्णालीको कहर रोक्न नदी व्यवस्थापनको काम भएपछि बर्दियाको राजपुरवासी हर्षित (भिडियो)



प्रकाशित मिति : Jul 05, 2019

१.वुटवल उपहानगर नगर प्रमुख इलम कार्यक्रमको तालिम युवा वर्गमा प्रभावकारी बन्दै

देशभित्र प्रधानमन्त्रीदेखि मुख्यमन्त्री हुँदै नगरप्रमुखको नाममा बिभिन्न रोजगार कार्यक्रम लागू हुँदै गर्दा विदेशिने युवाहरुको लर्को घटेको छैन । तर यसो भन्दै गर्दा यी कार्यक्रमहरु प्रभावहिन बने भन्ने होइन । यस्तै उदाहरण देखिएको छ वुटवल उपहानगर नगर प्रमुख इलम कार्यक्रमको ।

धेरै युवाले यही कार्यक्रम अन्र्तगत बिभिन्न बिषियमा तालिम लिएपछि उनीहरुले लिएको तालिम खेर गएन । तालिम पश्चात उनीहरु बिभिन्न रोजगारमुलक कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रमको यो सत्य सबै स्थानमा पु¥याउने हो भने देश भित्र बेरोजगारीको समस्या हल हुँदै जाने मात्र नभइ विदेशिनेको लर्को पनि रोकिन सक्छ ।

२.कर्णालीको कहर रोक्न नदी व्यवस्थापनको काम भए पछि बर्दियाको राजपुरवासी हर्षित

कर्णालीको कहरले धेरै रुवायो बर्दियावासीलाई । नदी सभ्यता र आम प्राणीको निरन्तरताको प्रतीक मानिन्छ । तर यही नदीले समय समयमा विनाशको रुप लिँदा धेरैको विचल्ली बन्दै आएको छ । यही अवस्था थियो बर्दियाको राजापुर क्षेत्रका वासिन्दाको पनि । तर अब लामो संघर्ष र प्रयासपछि कर्णालीको कहर कसिएको छ । राजापुर नदी व्यवस्थापन आयोजनको अग्रसरतमा नदी व्यवस्थापनको काम भए पछि राजपुरवासीको हर्षले सीमा नाघेको छ ।

३.गाईचरणमा सीमित सामुदायिक वनमा वाटिका र पार्क बनाइएपछि वनले पायो नयाँ रुप

व्यवस्थापनमा ध्यान दिए के हुन्न र ? मात्र सोंच र चिन्तन सही र सकारात्मक ठाउँमा पर्नु पर्छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने वन क्षेत्र अहिले अनुसन्धान केन्द्रमात्र बनेको छैन, विचरणका लागि सुन्दर पर्यटकीय स्थल समेत बनेको छ । एक समय गाईवस्तुको चरन र जंगलमा मात्र सीमित शंकरनगर सामुदायिक वन भित्र वाटिका र बिभिन्न पार्कहरु निर्माण गरिएपछि अहिले एकै दिन १० हजार बढी मानिसहरु यहाँ पुग्ने गरेका छन् ।

त्यसमाथि व्यवस्थित चिडियाघर , बिभिन्न प्रजातिका सर्पको केन्द्र र थप वाटिका बनाउने निर्णयले यो क्षेत्रले थप पर्यटक भित्र्याउने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com