राष्ट्रिय स्वार्थ र आवश्यकताको आधारमा परराष्ट्र नीति बन्नुपर्छः पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत



प्रकाशित मिति : Jun 30, 2019

काठमाडौं । सरकारले शनिबार परराष्ट्र नीति परिवर्तनका विषयमा छललफल गर्न राष्ट्रिय संवादको आयोजना ग¥यो । छलफलमा पूर्व परराष्ट्रमन्त्रीदेखि वर्तमान मन्त्रीको सहभागिता थियो भने मुलुकको आवश्यकता अनुसारको परराष्ट्र नीति बनाउनुपर्नेमा अधिकांशको जोड थियो । यसै विषयमा केन्द्रित रहेर टिभी जर्नलिष्ट प्रदीपराज दाहालले पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग कुराकानी गरेका छन् ।

कुराकानीको सारांशः
नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रमा राखेर परिचालित हुनुपर्ने बताउनु भएको छ । डा.महतले भने, ‘हाम्रो परराष्ट्र नीतिको उद्देश्य नै हाम्रो आवश्यकता, हाम्रो अधिकार र राष्ट्रिय स्वार्थ के छ त्यसलाई सम्बोधन गर्नु हो र यही सिद्धान्तका आधारमा नीतिको निर्माण र परिचालन हुनु पर्दछ ।’

परराष्ट नीति भनेको जनतातिर फर्केर राष्ट्रियताको नारा लगाउने तर कूटनीतिक रुपमा टेबलमा बसेर सम्बद्ध देश तथा पक्षसँग आफ्ना कुरा राख्न नसक्ने गर्दा हामी पछि परेको उहाँँको भनाई थियो । आफू परराष्ट्रमन्त्री भएको बेला हाम्रो आवश्यकता र राष्ट्रिय स्वार्थका विषयलाई निर्धक्कसँग सबैसँग कूटनीतिको टेबलमा राखेको स्मरण समेत उहाँले गर्नुभएको थियो ।
अन्तवार्ताको पूरा भिडियोः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com