पोखरालाई सपनाका योजनाहरुमा बुन्ने सपना देखेर ल्याइयो ७ अर्ब बढीको बजेट (भिडियो)



प्रकाशित मिति : Jun 29, 2019

१.पोखरालाई सपनाका योजनाहरुमा बुन्ने सपना देखेर ल्याइयो ७ अर्ब बढीको बजेट

अधिकांश स्थानीय तहहरुले धमाधम आफ्नो बजेट सार्वजनिक गरे यसपटक । बजेटमा महत्वांकाक्षाको सपनाहरु बुनिनु कुनै नौलो कुरो होइन पनि नेपाली सन्दर्भमा । काठमाडौंपछि धेरैको ध्यान तानिने मध्यको शहर पोखरा पनि हो । यही पोखरा महानगरपालिकाले पनि आगामी आर्थिक बर्षका लागि ७ अर्ब बढीको बजेट पेश गरेको छ ।

उसले संघीय सरकार, प्रदेश सरकार र आफ्नै आन्तरिक श्रोतसहित वैदेशिक अनुदानलाई पनि बजेटमा समावेश गरेर पोखराको वृहत विकासमा बजेटलाई केन्द्रीत गर्ने सपना साँचेको छ । स्मार्ट बन्ने रहरमा होमिएको पोखराको कदममा जनसहभागितालाई पनि बढावा दिने योजना अनुरुप व्यक्तिको घरजग्गा नाप नक्सा पासदेखि व्यवसायिक भवनहरु बन्दा बिभिन्न छुट दिने व्यस्था पनि महानगरपालिकाले गरेको छ ।

पोखराको चौतर्फी विकासमा लक्षित रहेको बजेटले लक्षित योजना भने हासिल गर्न सक्ने हो वा होइन विचारणीय छ ।

२.बढ्दो जनसंख्यासंगै पोखरा खुम्चदै गर्दा प्राकृतिक सम्पदाहरुको भने संरक्षण गरिने

क्षेत्रफलको हिसाबले मात्र नभई जनसंख्याको आधारमा पनि पोखरा महानगरपालिकालाई ठूलो मान्ने गरिन्छ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा देश विदेशमा परिचित पोखरालाई थप व्यवस्थित बनाउने योजना पोखरा महानगरपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

बढ्दो जनसंख्यासंगै पोखरा खुम्चदै गर्दा यस्ले पार्ने असर भनेको यहाँको प्राकृतिक सम्पदालाई नै हो । एक समय २२ सय रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल अहिले पुगनपुग ९ सय रोपनीमा सीमित भएको छ । त्यसैले पनि पोखराको बढ्दो जनसंख्या र बढदो शहरीकरण नै पोखरा महानगरपालिकाका लागि प्रमुख चुनौती बनेको छ ।

तर यी चुनौतीलाई निप्टारा गर्ने सपनाहरु नीति तथा कार्यक्रममा समेटिएकोले पनि पोखरा महानगरपालिकाको अबको कदममा पोखरावासीले वास्तवमा नै निगरानी राख्ने छन नै ।

३.पोखरा महानगपालिकाको बजेटले विभेद गरेको आरोपको मेयर जिसीले दिए जवाफ

पोखरा महानगरपालिकाले पेश गरेको बजेटलाई लिएर विपक्षी जनप्रतिनिधि अर्थात काँग्रेसबाट निर्वाचित वडाध्यक्ष एवं जनप्रतिनिधिहरुले चर्को विरोध गरे । उनीले बजेटको विरोध मात्र गरेर नीति तथा कार्यक्रमको योजना पुस्तिका नै च्यातेर गम्भीर असहमति जनाए ।

काँग्रेसबाट जितेका वडाहरुलाई नियोजितरुपमा बजेट कम विनियोजन गरिएको , विकासमा नै भेदभाव गरिएको भन्दै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि आन्दोलनमा नै उत्रिए । सिंगो पोखरालाई स्मार्ट बनाउने अभियानमा समर्पित पोखरा महानगरपालिकाको यो कदम वास्तवमा सुहाँउदो थिएन नै ।

तर पोखरा महानगरले कुनै पनि वडालाई भेदभाव नगरिएको जिकिर गर्दै यदी त्यस्तो महसुस भए वार्ताबाट समाधान निकाल्ने बताएपछि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु केही नरम भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com