महिलामाथि सिरिञ्ज आक्रमण–सचेत रहन प्रहरीको अपिल, कक्षाकोठामै छाता ओढेर पढ्छन् विद्यार्थी ! (भिडियो)



प्रकाशित मिति : Jun 27, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्तिसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमण ! के गर्दैछ प्रहरी ?
काठमाडौं । उपत्यकामा श्रृङखलाबद्ध महिलामाथि सिरिञ्ज आक्रमणका घटना भएको आशंका गरिएको छ । रातको समयमा मोटरसाइकलमा सवार व्यक्तिले हिँडिरहेका महिलामाथि धारिलो हतियार, किल्ला वा सियो जस्तो बस्तुले घोचेको भन्दै ४ जना महिलाले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । त्यस्तै अन्य नौ जना महिलाले आक्रमणपछि शुक्रराज ट्रोपिकल अस्पतालमा परीक्षण गराउन पुगेका छन् । जेठ १८ गते घरबाट कुकुर डुलाउन बाहिर निस्किरहेको बेला राति १० बजे मोटरसाइकलमा आएको व्यक्तिले तिखो वस्तुले यी महिलाको कम्मरमा प्रहार ग¥यो र भाग्यो ।

२. छ बर्षसम्म स्कुलको भवन बनेन, पानी पर्दा कक्षाकोठामै छाता ओढ्न बाध्य छन् विद्यार्थी !
दैलेख । छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् । विद्यार्थीहरु विद्यालय प्राङगणमा ६ बर्षदेखि निर्माणाधीन भवन हेरेर चुहिने कोठमा कोचिएर अध्ययन गरिरहेका छन् । पानी पर्ने जस्तो देखिए विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रध्यानाधपक भक्तबहादुर बस्नेतको दुखेसो छ । कच्ची भवनको छानो ५ पटकसम्म उडाइसक्यो, तर नयाँ भवन बनेन ।

३. पशुपति क्षेत्रमा रहेका सीसी क्यामेरा ‘नेपाल एसबीआई बैंक’को कन्ट्रोलमा !
काठमाडौं । पशुपति नाथ मन्दिर परिषरमा चोरीका घटना बढेका छन् । गौशाला प्रहरी वृत्तका डिएसपीले आफू आएदेखि चोरीको निवेदननै नआएको दाबी गरेपनि हामीले गएको शनिबार मात्र ३ ओटा चोरी भएको र चोरीको भिडियो उपलब्ध गराउन प्रहरी आफैले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेको देखायौं । हामीले त्यसपछि पशुपति क्षेत्रमा रहेका सीसी क्योमराको भिडियो खोज्यौं । प्रहरीले पशुपति क्षेत्र विकास कोषसँग सीसी क्यामेराको एक्सिस भएको भन्दै भिडियो उपलब्ध गराउन कोषलाई पत्र लेख्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com