जनप्रतिनिधिहरुको जुँगाको लडाईले बेनी नगरपालिका अस्तव्यस्त बन्दै (भिडियो)



प्रकाशित मिति : Jun 26, 2019

१. जनप्रतिनिधिहरुको जुँगाको लडाईले बेनी नगरपालिका अस्तव्यस्त बन्दै

राजनीतिक दम्भ र बेमेलको शिकार बनेको छ बेनी नगरपालिका । स्थानीय तहहरुले पूर्व शर्त अनुरुप असार १० गते नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसके । तर बेनी नगरपालिकामा भने जनप्रतिनिधिबीचहरुको विवादले सुरसार पनि हुन सकेको छैन ।

नगरप्रमुख एकातिर र बाँकी जनप्रतिनिधि अर्को तिर लाग्दा वेनीका विकास निर्माणदेखि हरेक गतिविधि ठप्प छन् । नागरिक समाजका अगुवाहरुले विवाद छोडेर काममा लाग्न दबाब सिर्जना गरेपनि कुनै सुनुवाई हुन नसक्दा वेनी विकासमा नराम्ररी पछाडि धकेलिने निश्चित देखिएको छ ।

२.मृगौला रोगीहरुको संख्या बढ्दै गर्दा तनहुँको डायलासिस सेन्टरलाई भ्याई नभ्याई

नेपालमा पछिल्लो समय मृगौला रोगीको संख्या दिनानुदिन बढ्दो छ । विशेषत विदेशमा अझ भनौ मध्यपूर्वी मुलुकहरुमा रोजगारी गर्न गएकाहरुमा यो समस्या बढी देखिएको छ । शहरीकरण , जीवनशैली , मधुमेह , उच्च रक्तचाप र पत्थरी लगायतका समस्याले दीर्घकालीनरुपमा मृगौलामा असर पार्दै आएको छ ।

त्यसमाथि पनि वैदेशिक रोजगारीमा गएकाहरुले पानी कम पिउने कारण पनि यो समस्या देखिएको छ । यस्तै अवस्थाको उपस्थिति देखिएको तनहुँमा अहिले दैनिक ७२ मृगौला रोगीले मृगौलाको डायलासिस गर्दै आएका छन् ।

३. लमजुङको बलिथुममा पहिलो पटक बस सेवा पुग्दा बने स्थानीयवासी हर्षित

अझै पनि नेपालका धेरै त्यस्ता गाउँठाउँहरु छन जहाँ सवारी यातायातको सुविधा पुगेको छैन । धेरै गाउँठाउँहरुमा सवारी साधन अझै घोडा, गधा नै बन्न विवश छन् । यस्तै गाउँ थियो लमजुङको सुन्दरबजार नगरपालिका ८ स्थित बलिथुम पनि । जहाँ पहिलो पटक गत साता बस पुगेको छ । बस पुग्दा स्थानीयवासीमा देखिएको खुसी शब्दमा व्याख्या गर्न नसक्ने स्थिति देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com