मानव अधिकार आयोगको स्वायत्ततामा प्रहार गर्ने विधेयक नआओसः गोविन्द शर्मा पौडेल



प्रकाशित मिति : Jun 26, 2019

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो ऐन संशोधन गर्न सरकारले अघि बढाएको विधेयकका प्रावधानबारे पुनर्विचार गर्न आग्रह गरेको छ । विधेयकमा रहेका केही प्रावधानले आयोगको स्वायत्तता र क्षमताका साथै पहुँचमा प्रहार गरेको आयोगको दावी छ । यसै विषयमा केन्द्रित रहेर टिभी जर्नलिष्ट प्रदीपराज दाहालले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलसँग कुराकानी गर्नुभएको छ ।

कुराकानीको सारांश :
आयोगका सदस्य गोविन्द शर्मा पौडेललले मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा अधिकारी वा संस्थाविरुद्ध मुद्दा चलाउन सीधै सरकारलाई आग्रह गर्ने वर्तमान व्यवस्थामा फेरबदल गरिएकोमा असन्तुष्टि जनाउनुभयो । विधेयकमा आयोगले मुद्दा चलाउन महान्यायाधीवक्तालाई सिफारिस गर्ने व्यवस्था राखिंदा आयोगको स्वायत्ततामा प्रहार भएको उहाँको भनाइ थियो ।

यस्तै, केन्द्रीय र प्रदेश स्तरीय कार्यालय राख्न सरकारलाई गरेको आग्रह हटाएर ल्याइएको नयाँ ऐन/ विधेयकमा केन्द्रीय बाहेकका कार्यालय रहने प्रावधान हटाउँदा यस अघि विभिन्न स्थानमा रहेका आयोगका कार्यालय र कर्मचारीलाई समस्या पर्ने उहाँको भनाइ थियो । यस्तै, उहाँले सरकारले आयोगले पेश गरेका मानव अधिकार उल्लंघनका घटनाकाबारेको प्रतिवेदन कार्यान्वयन नगरेकोमा आपत्ति जनाउनुभयो । प्रतिवेदन कार्यान्वयन नहुँदा आयोगप्रतिको विश्वसनियता खस्किने उहाँको ठम्याई थियो ।

इन्काउन्टरमा मारिएको भनिएका कुमार पौडेलको विषयमा आयोगको धारणा के हो भन्ने प्रश्नमा आयोगका सदस्य पौडेलले प्रहरी शंकाको घेरामा रहेको बताउनुभयो । यद्यपी, यस विषयमा अध्ययन गर्न गएको टोली बुधबार मात्रै फर्किएकाले आयोगले यस विषयमा छिट्टै प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

अन्तवार्ताको पूरा भिडियो:


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com