अष्ट्रेलियामा चालक विहीन रेल चढ्नेहरुको भीड



प्रकाशित मिति : Jun 25, 2019

काठमाडौं । विकसित देशमा रेल सेवा निकै सहज र सुलभ यातायातका रुपमा प्रख्यात छ । अझ, पछिल्लो समय चालक विहीन सवारी साधन उत्पादन र सञ्चालन निकै चर्चामा छन् । केही साता अघि मात्रै अष्ट्रेलियामा पहिलो चालकविहीन रेल सेवा सुरु भएको छ ।

अष्ट्रेलियाकै पहिलो चालकविहीन रेल सेवा केही साता अघिबाट सुरु भएको छ । करिब ४० मिनेट लामो यात्रा दुरी भएको यो मेट्रो रेलले सिड्नीका १३ वटा स्थानलाई जोड्छ । सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने यो रेल सेवाले मुख्य शहर सिड्नीबाट उत्तरपश्चिमका वस्तीहरुलाई नजिक बनाएको छ ।

यो रेल तोकिएको स्टेशनमा हरेक पाँच मिनेटमा आइपुग्छ । यो मेट्रोको झन्डै १७ किलोमिटर सुरुङ मार्ग छ भने एउटा आकाशे पुल पनि यो मेट्रो मार्गमा पर्छ ।

पाँच वर्षको अवधिमा करिब ७ दशमलब ३ विलियन डलर खर्चमा यो रेल सेवा सुरु भएको बताइएको छ । चालकविहीन रेलमा चढेको अनुभव लिन बिहानैदेखि यात्रुहरुको लामो लाइन लाग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com