रकम अभाव हुँदा बैंकरहरुले प्रतिबद्धताअनुसार कर्जा उपलब्ध गराउन सकेनन्



प्रकाशित मिति : Jun 25, 2019

काठमाडौं । लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरुले प्रतिबद्धता जनाएको कर्जा उपलब्ध गराउन सकेका छैनन् । जसकारण विकास परियोजनासोत प्रभावित हुन थालेका छन् । बैंकहरुले निक्षेपभन्दा कर्जालाई महत्व दिनु र समयमा सरकारी खर्च नुहनुले पनि तरलता अभाव बढेको हो ।

तरलता अभावका कारण बैंकहरूले लगानीकर्तासँग गरेको प्रतिवद्धता नै तोड्न थालेका छन् । जसको असर विकास निर्माणमा पनि पर्न थालेको छ । ‘कमिटमेन्ट’ गरेका परियोजनामा समेत कर्जा उपलब्ध नगराउँदा विकास निर्माणका परियोजना बन्द हुने अवस्थामा पुगेको उद्योगी÷व्यवसायीको गुनासो छ ।

बाणिज्य बैंकहरुको कर्जा तथा निक्षेप

बैंकर पनि तरलताको समस्या रहेकोले कर्जा उपलब्ध गराउन कठिन भएको स्वीकार्छन् । एकातिर सरकार विकास निर्माणलाई तिब्रता दिएर ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राख्छ । अर्कातिर ठूला परियोजनामा लगानीयोग्य पूँजी अभाव हुँदा सरकारी लक्ष्य ओझेलमा पर्न थालेको छ । ‘कमिटमेन्ट’ गरेको कर्जाका लागि ‘फन्ड’को व्यवस्था नगर्नु बैंकको कमजोरी भएको राष्ट्र बैंकको तर्क छ ।

पूँजीलाई स्थिर मान्ने हो भने कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन करीब १५ प्रतिशत बढी हुनुपर्छ । तर, वाणिज्य बैंकहरूले औसतमा करीब १० प्रतिशत मात्र निक्षेप संकलन गरेका छन् । जुन अर्थतन्त्रका लागि नकारात्मक हो । बजारमा विद्यमान तरलता हटाउन प्रयोगविहीन रूपमा रहेको सरकारी खर्चलाई बैंकिङ प्रणालीमा ल्याउने र विदेशी लगानीलाई आकर्षित गर्न जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com