धनगढी उपमहानगरपालिकाको बजेटलाई लिएर नेकपाका निर्वाचित जनप्रतिनिधि आक्रोशित



प्रकाशित मिति : Jun 24, 2019

१. धनगढी उपमहानगरपालिकाले ल्यायो एक अर्ब ५८ करोड चार लाख ४८ हजार रुपैयाँको बजेट
स्थानीय तहहरुलाई असारे चटारो छ अहिले । धमाधम आफ्नो नगर तथा गाउँको बजेट बनाउन र सार्वजनिक गर्न व्यस्त छन स्थानीय तहहरु ।

झण्डै दुई दशक जनप्रतिनिधिविहीन बनेका स्थानीय तहहरुप्रति आशा र अपेक्षा पनि बढी नै छ । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेपछि स्थानीय तहहरु पनि बलशाली देखिएका छन् । त्यही भएर नीति तथा कार्यक्रम एवं बजेट रवाफिलो पेश गर्दै आएका छन् ।

सकेसम्म सबै क्षेत्रलाई बजेट छुन खोज्ने गरी सार्वजनिक गरिएका छन् । यसै मेसोमा धनगढी उपमहानगरपालिकाले पनि आइतबार एक अर्ब ५८ करोड चार लाख ४८ हजार रुपैयाँको बजेट पेश गरेको छ । बजेटमा मानवतामा आधारित समाजको निर्माण गर्नेसम्मको व्यवस्था गरिएको छ ।

२. धनगढी उपमहानगरपालिकाको बजेटलाई लिएर नेकपाका निर्वाचित जनप्रतिनिधि आक्रोशित
धनगढी उपमहानगरपालिकाले पेश गरेको बजेटलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा पक्षधर जनप्रतिनिधिहरु आक्रोशित बनेका छन् ।

सत्तापक्ष अर्थात नेपाली काँग्रेसका प्रतिनिधिहरुले बजेटको तारिफ गर्दा नेकपाका जनप्रतिनिधिहरुले भने बजेट अन्यायपूर्ण र विभेदरकारी रहेको भन्दै आलोचना गरेका छन् । बजेटलाई कुनै पनि हालतमा नस्वीकार्ने चेतावनी दिएका नेकपाका जनप्रतिनिधिहरुले नेकपाले जितेको वडामा बजेट कम विनियोजन गरिएको आरोप समेत लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com