‘सीधाकुरा’ टिमलाई आरोप लगाउने अनिल तामाङको वास्तविकता, एउटै नगरका मेयर र उप-मेयरका आ-आफ्नै कार्यालय ! (भिडियो)



प्रकाशित मिति : Jun 22, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. केन्द्र विवादकै कारण कर्जनहा नगरपालिकाको ५ ठाँउमा कार्यालय !

सिरहा । नगरपालिका बनेपछि र आफैले चुनेको जनप्रतिनिधि त्यहाँ भएपछि प्रशासनिक सबै काममा सहजता आउने आशा गरेका सिरहाका कर्जनहा नगरपालिकाका स्थानीय अहिले कँही नभएको जात्रा आफ्नै नगरपालिकामा देखिरहेका छन् । ‘कही नभएको जात्रा’ के हो भने अहिले कर्जनहा नगरपालिकाका ५ वटा कार्यालय छन् ।

२. शंकरापुर अस्पतालको लापरवाही– आफैले गरेको कागज मान्दैनन् निर्देशक

काठमाडौं । कपन बस्दै आएका काभ्रेका पूर्ण नारायण श्रेष्ठले गर्भवती श्रीमती सीता श्रेष्ठलाई डेलिभरी गराउन जोरपाटीमा रहेको शंकरापुर अस्पतालमा लगे । सीताले अस्पतालमै छोरी पाइन् । तर, शिशुको हातमा स्लाइन लगाई दिदा कसेर लगाइएको रहेछ, जसका कारण शिशुको हातमा रक्त सञ्चार हुन सकेन । सोही गल्तीले गर्दा हात काट्नु पर्ने अवस्था सिर्जना भयो ।

३. फलोअप– ‘सीधाकुरा’ टिमलाई झुटो आरोप लगाउने अनिल तामाङ बारे यस्तो छ वास्तविकता

काठमाडौं । अनिल तामाङ नाम गरेका एक ब्यक्तिले माइतिघरमा आयोजना गरिएको एक कार्यक्रममा ‘सीधाकुरा जनतासँग’कार्यक्रमका सञ्चालक रवि लामिछानेले आफ्नो एक केशमा पैसा लिएको आरोप लगाए । त्यति मात्र होइन ‘सीधाकुरा’ टिमले पैसा लिएर आफ्नो विषयमा फलोअप नगरेको र प्रहरीसँग मिलेर आफूलाई जेल हालेको झुटा आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com