हरियो कार्पेट झै विछ्याइएको चियाको बुट्यानले इलाममा स्वागत गर्दा (भिडियो)



प्रकाशित मिति : Jun 22, 2019

१. हरियो कार्पेट झै विछ्याइएको चियाको बुट्यानले इलाममा स्वागत गर्दा

हरियो कार्पेट विछ्याए झै चियाको लोभलाग्दो वुट्यानले स्वागत गर्छ , बाह«ै मास हरियालीले आँखालाई आनन्द दिदा चिसो मौसम सबैका लागि हितकारी बन्छ । प्रकृतिले दिएको अमूल्य बरदान मानिन्छ् पूर्वको हरियाली शहर इलामलाई । हरित नगरकोरुपमा आफुलाई चिनाउँदै आएको इलाम अहिले पर्यटकको रोजाईको गन्तव्य बन्न थालेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा परेपछि इलाममा हरेक मौसममा चहलपहल बढ्न थालेको छ । तर पर्यटकको बसाई लम्ब्याउने शैलीहरु विकास हुन नसक्दा पर्यटक बढे पनि इलामले त्यति फाइदा भने लिन सकेको छैन । अब इलामले यता भने सोच्नु पर्ने अवस्था आएको छ ।

२. शहीदकै अपमान हुने गरी अलपत्र पारियो ओखलढुंगामा निर्माणाधीन शहीद पार्क

३२ रोपनी जग्गा छुट्याएर काम थालियो शहीदका नाममा । १५ लाख खर्चेर ९ सय ९९ सय खुड्किला पनि तयार गरियो । तर २० बर्षदेखि अलपत्र छ ओखलढुंगाको थामडाँडामा निर्माण थालिएको शहीद पार्क । शहीदहरुकै अपमान हुने गरी सबै क्षेत्र उदासिन बनेपछि निर्माणाधीन शहीद पार्क अलपत्र बनेको हो ।

मुलुकमा द्धन्द्ध सुरु भएपछि शान्ति सुरक्षाको कारणलाई देखाएर अलपत्र पारिएको शहीद पार्कप्रति सिद्धिचरण नगरपालिकाले चासो देखाएपनि हात भने हालिसकेको छैन । पहिला शान्ति सुरक्षा र पछि बजेट अभाव देखाएर अलपत्र पारिएको पार्क निर्माणमा पुनः सक्रियता देखाइए शहीदहरुप्रति नै सच्चा सम्मान हुने थियो ।

३. अब पर्यटकको केन्द्र बन्दै अदभूत र आश्चर्यमय भोजपुरको चुलाचुली गुफा

नेपालका बिभिन्न जिल्लामा मानव निर्मित र प्रकृतिद्धारा नै निर्मित अदभूत स्थलहरु धेरै छन् । देख्दा पनि आश्चर्य लाग्ने यस्ता स्थलहरुको संरक्षण भने हुन सकिरहेको छैन । यस्तै मध्येको एक हो भोजपुरको दलगाउँको दिनेनीमा रहेको अदभूत चुलाचुली गुफा । गुफा भित्र आराध्यदेव महादेवको मूर्तीदेखि बिभिन्न देवी देवताको आकृतिहरु रहेका छन् ।

देख्दा अचम्म लाग्ने यो गुफाको विशेषताबारे भने प्रचार प्रसार हुन सकेको छैन । जस्ले गर्दा यो गुफा ओझेलमा परेको छ । तर रामप्रसाद राई गाउँपालिकाको भने गुफातिर ध्यान तानिएको छ । गाउँपालिकाले यस्को संरक्षण गर्दै पर्यटक भित्र्याएर गुफालाई आयआर्जनको स्रोत बनाउने उपाय अवलम्बन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com