बैशाख र जेठमा मात्र २१ अर्ब रुपैयाँ रकमान्तर



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । पूँजिगत खर्च गर्न नसकेको सरकारले चालु आर्थिक वर्ष सकिनै लाग्दा रकमान्तर बढाएको छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारले जथाभावि रकमान्तर गरेको आरोप लगाएका छन् । बैशाख र जेठ महिनामा मात्र २१ अर्बभन्दा बढी रकमान्तर भएको छ ।

चालु आर्थिक वर्षको बैशाख महिनामा १६ अर्ब ९४ करोड ९१ लाख र जेठ महिना भित्रै ४ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रकमान्तर भएको छ । अझ, पहुचवाला र सत्तारुढ पार्टीका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रमा धेरै रकमान्तर गरेको पाइएको छ ।

अर्थमन्त्रालयले सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगतका योजनामा २ अर्ब रुपैयाँ रकमानन्तर भएको जनाएको छ । जेठ महिनामा अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री, मुख्यामन्त्रीका लागि नयाँ आवासको प्रारम्भिक कार्य गर्न भन्दै लागि ६३ लाख ४९ हजार रुपैयाँ रकमान्नतर गरेका छन् ।

शहरी विकाश कार्यक्रम अन्र्तगत विपी स्मृति पार्क, पुष्पलाल स्मृति पार्क, रामेछापमा भएको जग्गा अधिग्रहणका लागि ८१ करोड ५० लाख रुपैयाँ रकमानन्तर भएको छ । विराटनगरको महेन्द्रराजमार्ग अन्र्तगत इटहरी खण्ड र दमक क्याम्पका लागि ८१ लाख ९३ हजार रकमानन्तर गरिएको छ ।

पानीजहाज निर्माणको नियमावली, निर्देशिका र मापदण्डका निर्माणका लागि समेत २० लाख रुपैयाँ रकमानन्तर भएको छ । त्यस्तै कालीगण्डकी करिडोर अन्र्तगत गैंडाकोट राम्दी मालढुङगा सडकका लागि २० करोड रकमानन्तर गरिएको छ । जानकारहरु आर्थिक वर्षको अन्त्यतिर आएर रकमानन्तर गर्ने कार्य वित्तियअनुशासन विपरित भएको बताउँछन् ।

बुधवार प्रतिनिधिसभा बैठकमै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दश शर्माले सन्तुलित विकाशको अवधारण विपरीत रोल्पाको आयोजनाका बजेट झापामा हालिएको भन्दै विरोध जनाउनुभयो ।

मन्त्रीहरुको दवावमा अर्थमन्त्रालयले अर्कै परियोजनामा खर्च गर्न बजेट दिने परीपाटी बजेटको नीति भन्दा बाहिर हो । प्रधानमन्त्री, मन्त्रीको दवावले बजेट सिध्याउन रकमानन्तर प्रवृत्तिले काम नहुने जानकारहरुको ठम्याई छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com