चीनको चोंगकिंग शहरमा २ सय ५० मिटर तेर्सो भवन !



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । विश्वमा सयौं तल्ले गगनचुम्बी भवनहरु धेरै छन् । तर, चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन तेर्सो छ ।

चार वटा ६० तले गगनचुम्बी महलमाथि सुताएर चीनले विशाल महल तयार गरेको छ ।
चीनको यो परियोजनाको नाम हो ¥याफल सिटी चोंगकिंग । चोंगकिंग सहरको योंगझोउ जिल्लामा यो विश्वकै लामो तेस्रो महल हो । दुनियाका सबै भवनहरु ठाडो छन् ।

तर यो भवन चीनले तेर्सो बनाएको छ जुन आफैमा आश्चर्यपूर्ण छ । क्रिस्टल नाम राखिएको यो सुतेको भवनको लम्बाई २ सय ५० मिटर छ । यो भवनमा १४ सयवटा सुविधा सम्पन्न अपार्टमेन्ट छन् ।

साथै एउटा लग्जरी होटल र १ दशमलव ६० लाख वर्गमिटरको ठूलो अफिस स्पेस तथा सपिङ सेन्टर पनि छ । पूर्णरुपमा तयार हुने क्रममा रहेको यो भवनको डिजाइन चीनको पारम्परिक डुंगा जस्तै छ । भवनको माथिल्लो भागमा याङ्जे र जियालिंग नदीको दोभानजस्तो संरचना बनाइएको छ ।

यो सुतेको भवनको निर्माण गर्न अहिलेसम्म ६ वर्ष लागिसकेको छ भने यसको निर्माणमा ४ खर्ब ३२ अर्ब लागत लाग्ने बताइएको छ । इजरायली आर्किटेक्ट मोशे स्याफदीले यो भवनको डिजाइन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com