एक साता देखी गमगढी बजार लगायत दुई दर्जन बस्ती अन्धकार



प्रकाशित मिति : Jun 20, 2019
  • दान बहादुर बुढा

मुगु । एकसाता देखी गमगढी बजार लगायत दुई दर्जन बस्ती अन्धकार हुन पुगेको छ । जेष्ठ ३० गते देखी गमगाढ साना जलबिघुत आयोजनाको पानी क्यानलमा पानी लिकेज हुँदा आयोजनाले बिघुत बन्द गर्दा छायानाथ रारा नगरपालिका गमगमढी बजार लगाएत दुई दर्जन बस्ती अन्धकार रहेको छ । नगरपालिका भित्र रहेका सरकारी कार्यालय संघ संस्था र जिल्लामा स्वास्थ्य कार्यालयमा समेत विद्युत खपत हुन सकेको छैन ।

एक साता बितीसक्दा पनि बिघुत नबन्दा सरकारी काम काज ठप्प हुन पुगेका छन् । विद्युतको माध्यमबाट सञ्चालन हुने बिभिन्न सरकारी कार्यालयका काम काज र चिठी पत्र समेत आदान प्रदानको लागी समेत विद्युतको आवश्यकता हुँदा सम्पूर्ण काम काज ठप्प भएका छन् ।

विद्युत कै जिल्ला स्वास्थ्य कार्यालय ठिनी मुगुमा दैनिक चेकजाच गराउन आउने बिरामी समेत मारमा परेका छन् । विद्युतीय माध्यमबाट चल्ने उपकरणहरु चल्न नसक्दा बिरामी झन् मारमा परेका हुन् । दैनिक ३० देखी ४० जना बिरामी आउँछन् तर एक्से मेसिन तथा ल्यावको उपकरण चलाउन विद्युत नहुँदा उपचार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

गमगढी बजारमा मा नै व्यव साय सञ्चालन गरीरहेकाहरु पनि मारमा परेका छन् । मोवाईल पसल ,फोटा कपी ,फोटो धुलाउर्ने ,पसल तथा साना उद्योगहरु र्मकामा परेका छन् । अनिश्चितकालिन विद्युत कटौतीको कारण स्थानीय बासिन्दाको समेत जनजीवन कष्टकर बनेको छ । गमगढीमा मोबाइल पसल गरेर बस्ने स्थानीय व्यवसायी भन्छन,् दैनिक २०,२५ जना मोवाईल बनाउर्ने ग्राहकहरु आउने गरेका छन्, विद्युत नहुँदा फिर्ता पठाउने गरेको छौँ । कुनै पनि निकायबाट बिघुत बनाउन पहल नहुँदा विद्युतसेवामा सरोकारवाला निकाय मौन बसेको हो ।

गमगाढ साना जलबिघुत आयोजनाको पानीको पावरहावस आउने पानी क्यानलबाट पानी लिकेज भएर स्थानीय बासीहरुको घर र खेतियोग्य जमिनमा क्षती हुन सक्ने भएको हुँदा क्यानलमा एक सय मिटर भन्दा बढी मर्मत गर्नु पर्ने भएको हो । जसको कारण विद्युत सेवा बन्द गरेको थियो । पानी लिकेज हुर्ने ठाँउ पत्ता लागी सकेको छ २०,२५ दिन सम्म क्यानल मर्मत गर्न समय लाग्न सक्ने र सकेसम्म छिटो क्यानल बनाई बिघुत आपुती गछौँ ,गमगढ बिघुत कार्यालयका प्रमुख शिव प्रसाद पाण्डेले भन्नुभयो ।

विद्युत सेवामा समस्याको कारण फोटो कपी गर्न ५ रुपैपा लाग्ने थियो हिजा आज १० रुपैया,मोवाईल चार्ज गर्न बजारमा ५० रुपैया ल्याप्टप र्चाज गर्न २०० रुपैया तिर्न बाध्य भएका छन् । विद्युत आपुर्तिको विषयमा गमगाढ साना जलबिघुत आयोजना कार्यालयको निकै कमजोरी रहेको, कहिले पावर हावसमा समस्या आउर्ने कहिले पानी बग्ने क्यानलमा समस्या आउँछ , छायानाथ रारा नगरपालिका ४ भामबमडा बस्ने हस्त भामले दुखेसो पोखे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com