अस्पतालहरु जोखिम बन्दै,समता अस्पतालका उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा



प्रकाशित मिति : Jun 20, 2019
  • एलिना घिसिङ

काठमाडौँ । पछिल्लो समय अस्पतालहरु जोखिम बन्दै गएको छ । काठमाडौंका कुनै न कुनै अस्पतालले मानवलाई मृत्युको मुखमा पुर्याएको देखिन्छ। कतै चिकित्सक तथा अस्पतालको लापरवाही त कतै अरु नै कारणबाट अस्पतालमा मानव जीवन गुमेका छन् ।

गत जेठ २४ गते पित्तथैलीको अपरेशनका लागि ओम अस्पतालमा पुगेकी सिन्धुपालचोककी रामप्यारी थापाको आन्द्रामा समेत प्वाँल पार्यो । पुन आन्द्राको शल्यक्रियापछि उनी होसमा आइनन् र बिहीबार अस्पतालले मृत घोषणा ग¥यो ।

ओम अस्पतालको घटना भन्दा फरक तर अस्पतालमा नै फेरि एक जनाले ज्यान गुमाइन् । उनी थिइन् रामेछाप जिल्ला दोरम्बाकी विमला तामाङ । दुई महिनादेखि समता अस्पतालमा काम गर्दै आएकी तामाङ सोमबार करिब २ बजेदेखि हराइन् । विमलाकी श्रीमान र परिवार मिलेर उनलाई खोजे तर भेटाएनन् । उनी काम गरेको अस्पतालमा पनि उनीहरुले खोजे तर त्यहाँ पनि विमला फेला परिनन् । विमलाई खोज्ने क्रममा अस्पतालको सबै कोठाका तालाहरु खोलेर हरेको तर दुई वटा कोठाको तलाहरु भने खोल्न नदिएको आफान्त र स्थानीयहरु बताउँछन् । दुई वटा कोठाका तालाहरु खोल्न नदिनु र उक्त कोठा मध्यका एक कोठबाट विमला फेला पर्नुले पनि घटना झन शंकास्पद बनेको छ।

मृतक विमलाकी परिवार समाता अस्पताल अगाडि रातको ११ बजेसम्म बसेको उनको देवारले मिडियालाई बताएका छन् । उनीहरुले त्यसपछि भोलीपल्टा आएर बन्द रहेका दुई वटा कोठा जबरजस्ती खोले । दुई काेठा मध्य एउटा कोठामा विमला झुण्डिएको अवस्थामा थिइन् । उनको गोजीमा एउटा सानो चिट पनि भेटियो । उक्त चिटमा तीन जनालाई समाउनुस भन्ने शब्दहरु लेखिएको रहेछ । गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो, भने तेस्रो अक्षर ‘म्याम’ थियो ।

आफान्त र स्थानीयहरुले पनि विमलालाई मारेको आराप नै लगाइरहेका छन् । मंगलबार निकै तनावग्रस्त समता अस्पतालमा तोडफोड भएको दृष्य भोलिपल्ट बुधबार सम्म पनि देखिन्थ्यो । केही साथीहरुसंग उक्त अस्पतालमा पुग्दा प्रहरीले अस्पताललाई सुरक्षा दिइरहेका थिए । प्रदर्शनकारीले गरेको तोडफोडलाई साम्य पार्नका लागि प्रहरीले मंगलबार आसुर ग्यास प्रहार गरे ।

प्रहरीले स्कुलमा समेत गएर ठूलो संख्यामा रहेको विद्यार्थीहरुमाथि पनि ग्यास प्रहार गरिएको गुणासो स्थानीहरुले पोखे। उक्त ग्यास विद्यार्थीका लागि बम भन्दा कम भएन । विद्यार्थीहरुले स्कुलमा बम प्रहार भएको भन्दै कुरा सुनाउदै थिए। स्कुलको पनि केही भाग भने तोडफोड गरेको छ । अस्पतालले २४ सै घण्टा सेवा दिने भन्दै सेवा नदिएको र अफिसको समयमा मात्र अस्पताल सञ्चालन गरेको स्थानीयहरुको भनाइ छ।

कहिले १०० रुपैयाँमा विद्यार्थी पढाउने,उपचार गर्ने त कहिले ३०० रुपैयाँमा विवाहा गर्ने जस्ताले नामले चर्चामा आएका थिए उतम सञ्जेल । सञ्जेलका अस्पतालमा सरसफाइको काम गर्दै आएकी तामाङ अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेपछि उनी र उनकी श्रीमतीको साथै चार जनालाई प्रहरीको नियन्त्रणमा लिए। तर मंगलबार सांझ नै उनीहरुलाई छाडियो ।

बुधबार सिसी क्यामारा पनि हटाइएको बताउँदै आफन्ता र स्थानीयहरु झन आक्रोस बन्दै गएपछि थप सोधपुछका लागि प्रहरीले फेरि उनीहरुलाई हिरासतमा लिएको बताएको छ। सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।

उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको बताइएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जाहेरी प्राप्त भइनसकेकाले कानुनी प्रक्रिया पूरा गर्न म्याद थपिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com