छैटौं राष्ट्रिय विच भलिबल– चन्द्र र तोरणको जोडीको विजयी सुरुवात



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । पुलिसका चन्द्र कुंवर र तोरण चन्दको जोडीले छैटौं राष्ट्रिय विच भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । पुरुषतर्फको स्पर्धामा चन्द्र र तोरणको जोडीले एपीएफका महेन्द्र श्रेष्ठ र विजय थापा मगरको जोडीलाई २१–१८ र २१–९ को सोझो सेटमा पराजित गरे ।

त्यस्तै आर्मीका मानबहादुर श्रेष्ठ र दिल सुनुवारको जोडीले कर्णाली प्रदेश बी लाई २१–५ र २१–१३ को सोझो सेटले पराजित गरे । गण्डकी प्रदेशका सन्जु विक्रम शाह र रमेश केसीको जोडीले पुलिसका ध्रु केसी र प्रकाश कटुवालको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै विजय सुरुवात गरेका छन् ।

त्यस्तै महिलातर्फ पुलिसका कोपिला उप्रेती र नीता शाहको जोडीले एपीएफका शशी चौधरी र पूजा चौधरीको जोडीलाई २१–६ र २१–१२, पुलिसकी मनिषा चौधरी र पुष्पा चौधरीको जोडीले गण्डकीका रुपा थापा र पूर्णिमा ठाकुरको जोडीलाई २१–१४ र २१–१५ को सोझो सेटमा हराउंदै विजयी सुरुवात गरेका छन् ।

महिलातर्फ नै एपीएफका विनिता बूढाथोकी र नेबिका चौधरीको जोडीले प्रदेश ५ का राधा बुढाथोकी र अञ्जना बुढाथोकीको जोडीलाई २१–१३ र २१–५ तथा आर्मीकी मनिषा खाँड र पुष्पाको जोडीले प्रदेश ३ लाई २१–१३ र २१–६ ले हराउंदै विजयी सुरुवात गरेका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रि तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूष्प कमल दाहाल प्रचण्डले नेपाल हरेक दृष्टीकोणले अगाडी रहेको बताएका छन् । नेपाल हिमाल, पहाड, तराई र यहाँको मौसमले पनि खेलकुदका लागि सम्भावनाले भरिएको मात्रै नभई नेपाल अनुकुल वातावरण रहेको समेत बताउँदै भने–‘यसका लागि खेलकुदमा विशेष ध्यान दिंदै लगानी बढाउन आवश्यक छ ।’

अध्यक्ष प्रचण्डचले खेलकुदलाई विगतमा सामान्य मनोरञ्जनका रुपमा लिए पनि खेलकुद बहुआयमिक र समृद्धीका लागि आफूहरुले चाहेको जस्तो सुखी र खसी नेपालीको लागि पनि महत्वपूर्ण रहेको बताउँदै भने–‘खेलकुदको बजेट र निति तथा कार्यक्रममा समेत सोही अनुरुपले बजेटको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु ।’

खेलाडीले सम्मानित जिवन जिउन सक्छु भन्ने खालको सुविधा दिन र साहीे अनुरुप ग्यारेन्टी हुन सक्छ भन्ने कुरालाई अध्यक्ष प्रचण्डले विशेष रुपमा उठाएका थिए । अध्यक्ष प्रचण्डले एक फरक प्रशंगमा पोखरा आसपासमा रहेका फेवाताल लगाएत अन्य महत्वपूर्ण तालहरुको संरक्षण गर्न मुख्य सर्तको रुपमा रहेको कुरा उठाउँदै यसका लागि आफ्नो विशेष पहल रहने बताए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com