राजेन्द्र लिङ्देनको आरोप : बजेट विनियोजनमा गुट र पार्टी हेरिएको छ



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सरकारले बजेट विनियोजमा गुट र पार्टी हेरको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लिङ्देनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै मन्त्री र आसेपासे मिलेर आफ्नो क्षेत्रमा मनलाग्दी बजेट हालेको आरोप लगाउनु भएको हो ।

देशको प्रधानमन्त्रीलाई झापाको प्रधानमन्त्री बनाएको भन्दै उहाँले भन्नुभयो अहिले सरकार आफैले खाल्डो खन्ने काम गरेको छ र त्यो खाल्डोमा अरु कोही नपरेर सरकार नै पर्ने उहाँको दाबी छ । मन्त्री आसेपासेले आफ्नो जिल्लामा मात्रै बजेट बढाउदा आफ्नो जिल्लामा कम बजेट परेको प्रति सांसद लिङ्देनले गुनासो समेत गर्नुभयो ।

विपक्षी र संसदमा एकजना मात्रै भएकाले नपरेको रहेछ भनेको त सत्तापक्षकै सांसदहरु पनि मेरो जिल्लाको पैसा झापा नै लैजाऊ भनिरहेका छन्। बजेट बाँड्दा पार्टीभित्र पनि गुट समेत हेरेछन्, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com