गोकर्ण बस दुर्घटना अपडेट: एकको मृत्यु ,२० जना घाइते



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं। गोकर्णमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काठमाडौंको गोकर्णमा सुन्दरीजलबाट जोरपाटी, बौद्ध तर्फ आउँदै गरेको बस दुर्घटना भएको हो ।

बा १ ख ८७४४ नम्बरको बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दुर्घटनामा मृत्यु भएका सहचालक सुन्दरीजलको सागर कुँवर रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लागिएको प्रहरीले बताएको छ ।बसका चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com