संसदमा योगेशको प्रश्‍न : कांग्रेसले सभामुखको आदेश मान्‍नुपर्दैन ?



प्रकाशित मिति : Jun 20, 2019

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको आदेश मान्नुपर्दैन भनेर प्रशन गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले देशमा उठेका, समाजको परिस्थितीको विषयमा बोल्छु भन्दा बोल्न नदिनु यो कस्तो संसदीय अभ्यास हो भनेर प्रश्न उठाउनु भएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै नेता भट्टराईले अनतराष्ट्रिय संसद र राजनीतिको बारेमा बुझेर आएको मान्छेले पनि त्यस्तो चरित्र देखाउने भन्दै उहाँले असंसदीय चरित्र देखाएको आरोप लगाउनुभयो ।

कांग्रेसका सभापति बेलायतको विश्वविद्यालयमा पढेको सुनेको थिएँ। तर शेरबहादुर देउवाजीले बेलायती विश्‍विद्यालयमा पढेर पनि संसदमा जान चाहिँ भुलेछन्, संसदीय मर्यादा र नियम सिकेनछन्, उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com