ओम अस्पताल काण्डको चिरफार–निर्देशक लाइभ, साउदीमा भोकै बसेका ६० नेपालीले पाए राहात (भिडियो)



प्रकाशित मिति : Jun 18, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९३ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । त्यस्तै विभिन्न विषयमा विशेष ब्यक्तित्वहरुसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः 

ओम अस्पतालमा मृत्यु प्रकरणः मृतकका आफन्त र अस्पतालबीच सहमति– छानबिन के हुन्छ ?

काठमाडौं । काठमाडौंमा दैनिक जसो कुनै न कुनै अस्पतालमा चिकित्सक तथा अस्पतालको लापरवाहीका कारण आफन्तको ज्यान गएको भन्दै आन्दोलन भैरहेका हुन्छन् । बिरामीका आफन्तले बिरामीलाई विभिन्न कारणहरु देखाउँदै उपचारमा लापरवाही भएको दाबी गरेका हुन्छन्, भने अस्पतालले बिरामीको अवस्था आफन्तले भनेको जस्तो नभएको तथा उपचारमा लापरवाही नभएको दाबी गरेका हुन्छन् । यसको पछिल्लो उदाहरण बनेको छ काठमाडौको चावाहिल स्थित ओम अस्पताल । सिन्धुपालचोककी रामप्यारी थापा गत जेठ २४ गते पित्तथैलीको अपरेशनका लागि अस्पताल पुगेकी थिइन् ।

सशस्त्र र जनपथ प्रहरी मिलेर छिमेकीमाथि कुटपीट

बारा । केटाकेटीको झगडाको सामान्य विषयलाई लिएर बारामा सशस्त्र प्रहरी र जनपथ प्रहरीले छिमेकी परिवार माथि कुटपीट गरेको छन् । नेपाल प्रहरीमा कार्यरत रहेका कनैया गिरी र सशस्त्र प्रहरीमा कार्यरत सन्तोष गिरीले छिमेकी रामेश्वर गोसाईका परिवारलाइ्र्र नै कुटेका हुन् । उनीहरुका साना बालबालिकाबीच दिउँसो सामान्य विवाद भएको बुझिएको छ । त्यही बहानामा उनीहरुको झगडा भएको थियो ।

साउदी फलोअप : भोक–भाकै बस्न बाध्य ६० नेपालीको लागि खानाको व्यवस्थापन भयो

काठमाडौं । साउदी अरेबियामा ६० जना नेपाली कामदारले खाना खान नपाएको बिषयमा हामीले रिपोर्टिङ गरेका थियाँै । नोकरी नेपाल रिक्युरमेन्ट सर्भिसबाट साउदी अरेबिया पुगेका ६० जना नेपालीले भने जस्तो काम नभएपछि भोक–भोकै बस्नु परेको गुनासो गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com