नेप्से २ अंकले घट्यो



प्रकाशित मिति : Jun 18, 2019

काठमाडौँ । नेप्से २ दशमलव २३ अंकले घटेर १ हजार २ सय ५८ दशमलव ६६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७७ कम्पनीको १२ लाख २६ हजार ६८६ कित्ता शेयर खरिदबिक्री भई ३५ करोड ९४ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०३ अंकले बढेर २ सय ७० दशलमव २९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार तारागाँऊ रेजेन्सी होटलको भएको छ । जसको कारोबार ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ३ दशमलव ८५ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com