इतिहासको कारण अमर रहेको अमरगढी किल्लाको संरक्षण कार्य आरम्भ



प्रकाशित मिति : Jun 17, 2019

१.पानीको हाहाकारले काकाकुल बनाएपछि विद्यार्थी समेत विद्यालय जान पाउन छाडे कैलालीमा
पानीको हाहाकार नभएको ठाउँ छैन भने पनि हुन्छ अब नेपालमा । जलस्रोतमा सम्पन्न यो मुलुकका वासिन्दाले खानेपानीका लागि तड्पिनु पर्छ भन्दा धेरै विदेशीलाई हाँसो नै लाग्छ होला । तर यो हाँसोको विषय नभइ यथार्थ चित्र हो नेपालको । संघीय राजधानी काठमाडौंदेखि लिएर शहरीकरणतर्फ उन्मुख नगरहरु मात्र नभइ ग्रामीण क्षेत्रका वासिन्दाको समान पिरलो बनेको छ खानेपानीको अभाव ।

जलवायु परिवर्तन असरले पछिल्लो समय झनै प्रभाव पार्दा बढेको यो अभाव अहिले जथाभावी बनजंगल एवं चुरे क्षेत्रको विनाशले झनै चुलिएको छ । कतिपय जिल्ला एवं स्थानीय तहमा लिफ्टिङ र पम्पिङ प्रविधिबाट यो अभाव हटाइए पनि कैलालीको गोदावरी नगरपालिका ओलानीका वासिन्दाको भने पानी अभावले दिन चर्या नै विग्रेको छ । जहाँ पानी लिन धाउनु पर्ने कारणले स्कुले बालबालिका पनि विद्यालय जान पाउन छाडेका छन् ।

२.हावाहुरीको वितण्डाले भत्काएको घरको पुनर्निर्माणमा जुटे विद्यार्थी र युवाहरु
हावाहुरीको असरले अहिले कैलालीवासी मर्माहत छन् । हावाहुरी आए लगत्तै राहतको नाममा निकै ठूलो स्वर मच्चाउने प्रदेश सरकार शायद बजेटतिर व्यस्त भएर होला पीडितहरुकोमा पुग्न सकेको छैन । तर हावाहुरीको ताण्डवले घर न घाटको अवस्थामा पुगेकाहरुको पीडामा मल्हम लगाउन यतिखेर विद्यार्थी एवं युवाहरु भने पुगेका छन् । उनीहरुले भत्किएको घरहरु उठाउन थालेका छन् भने क्षतिग्रस्त घरहरुको पुनर्निर्माणमा कस्सिएका छन् ।

आर्थिक अभावले कतिपयले घरहरु समेत उठाउन नसकिरहेको अवस्था युवाहरुको टोली आएर घरको पुनर्निर्माण गरिदिन थालेपछि उनीहरुको घरसंगै भत्किएको मन पनि जोडिन एवं हर्षित बन्न पुगेको छ । युवाहरुको यो कदमले पीडितहरु नजिकिदो मनसुनमा चुहिएको घरमा बस्नु पर्ने बाध्यताबाट पनि बच्ने भएका छन् ।

३. इतिहासको कारण अमर रहेको अमरगढी किल्लाको संरक्षण कार्य आरम्भ
अमरगढी किल्ला इतिहासको एउटा अमर अध्याय हो । गोर्खाली विरतासंग जोडिएको यो किल्लाको कथा हरेक नेपालीले गर्वका साथ सुन्ने र सुनाउने गर्छन । सरकारले अहिले सय पर्यटकीय क्षेत्रमा छनौट गरेको यो किल्लाको संरक्षणमा सबै क्षेत्रबाट चासो पनि देखाइएको छ । ऐतिहासिक स्थलहरुको संरक्षण भावि पुस्ताका लागि नासो र स्वाभिमानको सञ्चार पनि हो ।

अमरगढीको संरक्षणमा देखाइएको चासो इतिहासको गौरवाशाली अध्यायहरुको सम्मान पनि बनेको छ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी किल्ला सरोकारवाला निकायको वेवास्ताका कारण जिर्ण बन्दै गएको थियो । एक सय ३० वर्ष पुरानो यो किल्लामा अहिले प्रदेश र स्थानीय तहले पर्यटकीय क्षेत्र बनाउने सक्रियता देखाउनु स्वागतयोग्य पक्ष बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com