नेपाली मार्सलआर्ट बुदोकैदो फुल कन्ट्याक्ट कराँतेलाई प्रहरी संघसंगठनमा भित्र्याउने महानिरीक्षक खनालको उद्घोष



प्रकाशित मिति : Jun 15, 2019
  • हरिशजङ्ग क्षेत्री

काठमाडौं । नेपाल प्रहरी संघसंगठन भित्र नेपाली मार्सलआर्ट बुदोकैदो फुल कन्ट्याक्ट कराते भित्रीने भएको छ । शुक्रबार राजधानीमा सुरु भएको राष्ट्रब्यापी बुदोकैदो फुल कन्ट्याक्ट च्याम्पियन प्रतियोगिताका दौरान नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनालले घोषणा गरेका हुन् ।

‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै महानिरीक्षक खनालले उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली मार्सलआर्ट बुदोकैदो फुल कन्ट्याक्ट कराँते खेलको उच्च प्रसंशा गर्दै आगामी दिनमा यो खेललाई नेपाल प्रहरी संघसंगठन भित्र भित्र्याउने प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले ‘नेपाल प्रहरी शान्ती सुरक्षाका क्षेत्रमा कार्य गर्ने हुनाले यो नेपाली मार्सलआर्टले महत्त्वपूर्ण भुमिका खेल्ने देखेको छु, यो खेल नेपाली माटोमा जन्मिएको हुँदा यो खेलको प्रबर्द्धन र संरक्षण गर्ने हामी नेपालीहरुले गर्नु पर्ने हुँदा यो खेललाई प्रहरीमा भित्र्याउने मेरो सोच र योजना भएको बताउनु भयो।’

प्रहरी संघसंगठनमा यो खेललाई कसरी

समावेस गर्ने विषयमा आगामी दिनमा बुदोकैदो फुल कन्ट्याक्ट संघका पदाधिकारीहरुसंग सल्लाह गरि सम्झौता गर्ने बताउनु भएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका तर्फबाट अध्यक्ष तथा उपाध्यक्षले सयुक्तरूपमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाई खादा, फुलमाला र ताम्रपत्रले निर्माण गरिएको सम्मान पत्र प्रदान गर्दै सम्मानित समेत गर्नु भएको थियो ।

हाम्रो यो खेललाई प्रहरी संघसंगठन भित्र समाबेश हुने कुराले हामी अत्यन्तै खुशी भएका छौँ, नेपाली मार्सलआर्ट बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका केन्द्रिय अध्यक्ष काजीमान श्रेष्ठले हर्षित हुँदै प्रतिक्रिया दिनु भयो ।

२ दिनसम्म चल्ने प्रतियोगितामा ११ तौल समुहमा देशभरका २ सय महिला पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघको ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष एवं प्रतियोगिताका सयोजक विरकृष्ण महर्जनले जानकारी गराउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com