कान्ति बाल अस्पतालमा पानीको थोपा छैन, शौचालय छिर्नै सकिन्न (भिडियो)



प्रकाशित मिति : Jun 15, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. कान्ति बाल अस्पतालको कन्त–बिजोग !

काठमाडौं । बालबालिकाको उपचार गर्ने एक मात्र ठूलो सरकारी अस्पताल कान्ति बाल अस्पतालको अवस्था विजोग छ । अस्पतालमा उपचारका लागि गएका बिरामी र तिनका आफन्तका लागि छुट्याइएको शौचालयको अवस्था नाजुक छ ।हाम्रा दर्शकहरुले अस्पतालमा रहेका शौचालयको अवस्था बारे जानकारी गराएपछि हाम्रो टिम कान्ति बाल अस्पताल पुग्यो ।

२. नुवाकोट जग्गा कब्जा प्रकरण– कसरी मुछिए साध्यबहादुर भण्डारी ?

 नुवाकोट । नुवाकोटमा केही सोझासीधा जनताहरुलाई जग्गा दिलाइदिन्छु भन्दै वडा कार्यालय नै कब्जा गरी विद्यालयको करोडौंको जग्गा हडप्ने दुश्प्रयास गरेका देखयौं । जसमा भू–माफियाहरुलाई संरक्षण गर्न जनमोर्चा नेपाल पार्टीका पूर्व अध्यक्ष एवं हाल नेकपाका नेता साध्यबहादुर भण्डारीको नाम पनि जोडिएको छ । लिखुगाउँपालिका वडा नम्वर ४ चौघडाका वडा अध्यक्ष दलबहादुर राईले नेता भण्डारीले जवरजस्ती जग्गा कब्जा गर्न खोजेको आरोप लगाए ।

३. रौतहटमा कालोपत्रे गरेको सडक दुई सातामै उप्कियो, स्थानीय बने आक्रोशित

रौतहट । रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगरको सडक कालोपत्रे गरेको २ सातामै उप्किएको स्थानीयले गुनासो गरेका छन् । प्रदेश नं. २ सरकारको बजेटबाट डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमार्फत बन्दन भगवती कामख्या जे.भी बत्तिसपुतली काठमाडौंले उक्त सडक कालो पत्रे गर्ने जिम्मा पाएको हो । सिन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्नका लागि १ करोड ६० लाखमा निर्माण कम्पनीले जिम्मा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com