रौतहटमा कालोपत्रे गरेको सडक दुई सातामै उप्कियो, स्थानीय बने आक्रोशित



प्रकाशित मिति : Jun 15, 2019

रौतहट । रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगरको सडक कालोपत्रे गरेको २ सातामै उप्किएको स्थानीयले गुनासो गरेका छन् । प्रदेश नं. २ सरकारको बजेटबाट डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरमार्फत बन्दन भगवती कामख्या जे.भी बत्तिसपुतली काठमाडौंले उक्त सडक कालो पत्रे गर्ने जिम्मा पाएको हो ।

सिन्दुरेघारीदेखि बिनुवा टोलसम्मको १८ सय मिटर सडक कालोपत्रे गर्नका लागि १ करोड ६० लाखमा निर्माण कम्पनीले जिम्मा लिएको छ । तर निर्माण कम्पनीले काम गरेको दुई साता नवित्दै कालोपत्रे उप्किन थालेपछि गाँउलेहरु आक्रोशित छन् ।

निर्माण स्थलमा सडकको परियोेजनाका बारेमा कुनै किसिमको होडिङ्गवोर्ड समेत नराखिएकाले गाँउलेहरु समेत कालोपत्रे कसले र कतिको लागतमा गरेको बारेमा अनविज्ञ छन् । चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गोविन्द दुलालले गुणस्तरहीन काम भएको दाबी गरे ।

हुलाकी मार्ग अन्तर्गत गौर–पिपरा, समनपुर, विश्रामपुर नुनथर सडक अन्तर्गत उक्त सडकमा कालोपत्रे (पिच) बनेको हो । करिब ७५ प्रतिशत काम सकिएको र काममा विभिन्न समस्याका कारण कालोपत्रे उप्किएको हुनसक्ने निर्माण कम्पनीका प्रतिनिधि स्वयमले स्विकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com