गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाः दक्ष जनशक्तिको उत्पादन बढाउनु पर्छ



प्रकाशित मिति : Jun 15, 2019
  • सविन लामिछाने

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै विद्यालयहरुले प्रमाणपत्रधारी विद्यार्थी मात्र उत्पादन गरेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले दक्ष जनशक्तिको उत्पादन बढाउनु पर्ने बताए ।

उनले भने, “हामो बजारले एक थोक मागेको छ ,तर हामीे अर्का थोक उत्पादन गर्नतर्फ लागेका छौ ।” हामी आर्थीक र सृमिद्धको लागि हामीलाई प्राविधिक दक्ष जनशक्ती उत्पादन गर्नु पर्नेमा आजका विद्यालयहरुले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नसकेको उनले बताए ।

उनले भने , “अहिले सबै विद्यालयहरुले प्रमाणपत्रधारी विद्यार्थी उत्पादन मात्र गरी राखेको छ ।” उनले सिपयुक्त भएको जनशक्ति उत्पादन गर्न नसकेको हुनाले समृद्ध नेपाली सुखी नेपाली आंकक्षा पूरा नहुने बताए । उनले भने, देशको समृद्ध नेपाली सुखी नेपाली आंकक्षा पूरा गर्नको लागि हामीले उत्पादन बढाउनु पर्ने, उद्योग कारखना खोल्नु पर्ने र उच्च शिक्षामा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद आशा कोइरालाले दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रको दक्ष शक्तिमा उत्पादन मा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताई योङ लिभिङ फाउण्डेशनको आर्थिक सहयोगमा रु एक करोड ६० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

फाउण्डेशनका नेपाल प्रतिनिधि सुवास सिंहले भवन निर्माणका लागि स्थानीय तह, अभिभावक, विद्यालय बाट सकारात्मक सहयोग प्राप्त भएको बताए । उनले भने, “स्थानीय तहको आवश्यकता महशुसलाई बुझदैं भवन निर्माण मा लागेको बताए ।”

१६ कोठे भवनमा कक्षा १ देखि ५ सम्म अध्ययन गराइने विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द पौडेलेको सभापतित्वमाशुक्लानगरपालिका नगरपप्रमुख किसान गुरुङ, विद्यालयका प्रधानाध्यपक ध्रुवकुमार मल्ल लागयतले बोलेका थिए


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com