गुठी विधेयक चर्चामा रहदा विराटनगरमा शितलुदास राजवंशीले दान गरेको गुठीको जग्गा यसरी हड्पियो (भिडियो)



प्रकाशित मिति : Jun 15, 2019

प्रस्तावित गुठी विधेयक चर्चामा छ । चर्चामा मात्र नभइ जनस्तरबाट यस विधेयकलाई लिएर चर्को विरोध पनि भइरहेको छ । बर्षौदेखि धर्म,कर्म,संस्कार र संस्कृतिलाई धानेर आएको गुठीले समाजलाई पनि एक ठाउँमा गोलबद्ध गराउँदै आएको छ । तर यही परम्परा मासिने भो सरकारी तवरवाट नै भनेर व्यापक गुनासो उठन थालेका छन् ।

काठमाडौं उपत्यकामा गुठी विधेयकको विरोध भइरहदा विराटनगरमा भने गुठीको जग्गा कसरी माासिदो रहेछ भनेर एउटा नमुना उदाहरण प्रस्तुत भएको छ । विक्रम सम्वत २०३० सालमा विराटनगरका दानवीर शितलुदास राजवंशीले सत्य नारायण मन्दिर निर्माण गरी मन्दिर सञ्चालानार्थ ८ विगाह ११कठ्ठा ११ धुर जग्गा दान गरे ।

अहिले चलेको बजार मूल्य अनुरुप राजवंशीले दिएको जग्गा करोड नाघेर अर्ब तिर छुला जस्तो छ । तर दुर्भाग्य जुन मन्दिरका लागि भने उनले जग्गा दानपत्र गरिदिए त्यो मन्दिरमा अहिले धुप,दीप गर्ने खर्च छैन । जग्गा भने धेरैले बिभिन्न वहानामा आफ्नो पक्षमा पारिसके । अब मालपोतबाट आफ्नो नाममा गराएर वैधानिकरुपमा हत्याउन मात्र बाँकी छ ।

राजस्व र धर्मस्वमा आँखा गाड्ने कसैको पनि हित हुदैन । यो मान्यता हिन्दू धर्ममा विश्वासको धरोहरकोरुपमा उभिएको छ । हुन त परम्परागतरुपमा चलिआएको यो मान्यतालाई मिचेर अहिले गुठीको जग्गा धेरैले हड्पिसके । यो मिच्ने परम्परालाई वैधानिकता दिन सरकार नै कस्सिएर लागेको प्रस्तावित गुठी विधेयकको विरोधमा आवाज उठाइरहेकोहरुको आरोप छ । हुन पनि शितलुदास राजवंशीले सत्यनारायण मन्दिरका लागि दान गरेको जग्गामा अहिले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो तोक आदेशमा तत्कालीन माओवादीको पार्टी कार्यालय पनि रहदै आएको छ ।

जो अहिलेसम्म ५ कठ्ठा जग्गामा अड्डा कसिरहेको छ । यस्तै मोरङ उद्योग संगठनले प्रदर्शनी स्थल बनाउने भन्दै २ विगहा जग्गा लिजमा ओगटेको छ । जग्गा ओगटदा उस्ले मन्दिरको पूजाआजाका लागि भन्दै मासिक ५ लिटर घिउ र ५ लिटर तेल दिने सहमति गरेको थियो । तर दुर्भाग्य मन्दिरमा पूजाआजाका लागि न तेल छ नत घिउ नै, त्यस्तै प्रसाद चढाउने पैसा नभएर पूजा नियमित गर्न समस्या परिरहेको छ । त्यस्तै विराटनगर महानगरपालिका, लायन्स क्लब ग्रिनसिटी, राजवंशी समाज र स्वयं सत्यनारायण मन्दिर सञ्चालक समितिका सभापति बल्लभ अधिकारी र बिभिन्न व्यक्तिले ९३ बर्षसम्मका लागि जग्गा लिजमा लिइसकेका छन् ।

यता मन्दिर भने जिर्ण बनेर ढल्न लागेको छ भने नियमित पूजाआजा प्रभावित बन्दा दानवीर शितलुदास राजवंशीका परिवार भने सुकुम्वासी बन्ने अवस्थामा पुगेका छन् । चर्चा चल्न थालेको छ गुठी विधेयक आएपछि राजवंशीको यो दानमा धेरैले व्यक्तिगत शान बढाउने छन नै ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com