धरानवासीको पानी सञ्चित गर्ने कमजोरीलाई टेकेर भित्रिएको डेंगु नियन्त्रण बाहिर (भिडियो)



प्रकाशित मिति : Jun 15, 2019

१.धरानवासीको पानी सञ्चित गर्ने बाध्यतालाई टेकेर भित्रिएको डेंगु नियन्त्रण बाहिर

डेंगुको प्रकोप नियन्त्रण बाहिर गएपछि धरानमा उच्च शतर्कता अपनाइएको छ । डेंगुले धरानबाट फिजाएको पखेटाले विराटनगरलाई पनि सशंकित पार्दा प्रदेश एकका यी दुई शहरवासी अहिले आतंकित र त्रसित बनेका छन् । फोहर नभइ सफा पानीमा राज गर्ने र त्यही सफा पानीमार्फत रोग फैल्याउने लामखुट्टेको प्रकोप अहिले धरानमा मात्र ५ सय भन्दा बढीमा पाइएको छ ।

प्रदेश एक सरकार र धरान उपमहानगरपालिकाले भएका सबै स्रोतको परिचालन गरेपनि डेंगु नियन्त्रणमा आउन सकेको छैन । बर्षौदेखि खानेपानीको पिरलोले मारमा पर्दै आएका धरानवासीको पानी सञ्चित गर्ने कमजोरीलाई टेकेर भित्रिएको डेंगु नियन्त्रणका लागि राज्य थप प्रभावकारी बन्न आवश्यक देखिएको छ भने पानी जम्मा गरेर नखानु भन्दै धरानवासीलाई उर्दी जारी गर्ने प्रदेश १ सरकारले त्यस्को विकल्पमा गम्भीर हुन पनि जरुरी देखिएको छ ।

२.पानीको अभावमा बसाई सर्ने अवस्थामा पुगेका ओखलढुंगावासीको घरघरमा धारो पुगेपछि

लंकामा सुन छ कान मेरो बुच्चै भने झै अवस्था छ नेपालका पहाडी जिल्लाका वासिन्दाहरुका लागि पानीको अभाव । बर्षैभर बेसी हुँदै बग्ने नदीहरु हेरेर प्यास मेटाउनु पर्ने अवस्थामा रहेका पहाडी जिल्लाका नागरिकहरुका लागि भने पम्पिङ र लिफ्टिङ प्रविधि अहिले बरदान सावित भएको छ । धेरै पहाडी जिल्लामा वासिन्दाको यही प्रविधिबाट आँत रसाउन थालेपछि अहिले यो प्रविधि अधिकांश पहाडी जिल्लामा लोकप्रिय बन्दैछ ।

ओखलढुंगाका कतिपय वस्तीका वासिन्दा पानीको पिरलोले वसाई सर्ने अवस्थामा पुगेको अवस्थामा यही प्रविधि बरदान सावित भएको छ । अहिले उनीहरुको घरघरमा धारो मात्र नभई बिभिन्न तरकारी लगाउन र खेती गर्न पनि पानी छेलोखेलो हुन थालेको छ ।

३.तेह«थुममा त्यसै खेर गइरहेको बाँस सडक पुगेपछि झ्याङमा विक्न थाल्दा गाउँले दङ्ग

सडक विकासको सूचक मात्र नभइ आयआर्जनका लागि गतिलो मार्ग पनि हो । सडक नपुगेसम्म गाउँघरमा महत्वहिन बनेर रहेका धेरै वस्तुहरुले भाउ पाउदा अहिले तेह«थुमको ग्रामीण भेगका वासिन्दाको मुहारमा मुस्कान छाउन थालेको छ । गाईबस्तुलाई घाँस र डोको तथा नाम्लोमा सीमित गाउँघरतिर पाइन बाँस अहिले तेह«थुमको तम्फुलावासीका लागि आम्दानीको गतिलो स्रोत बनेको छ । त्यतिकै कुहिएर जाने अवस्थामा रहेका बाँसहरु अहिले सडक पुगेपछि धमाधम घनाको हिसाबले विक्रि हुन थालेपछि तम्फुलावासीको भाग्य नै चम्के झै भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com