साउदीमा तीन दिनदेखि ६० नेपाली भोकै, मेमे नेपालका प्रणेश पक्राउ प्रकरणमा एसएसपी लाइभ, तर्साएर जग्गा हडप्ने खेल ! (भिडियो)



प्रकाशित मिति : Jun 13, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९१ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गर्नुका साथै विशेष व्यक्तित्वहरु प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः

१. फिल्म समीक्षा गर्दा प्रहरी हिरासतमा, के हो साइबर क्राइम ?
काठमाडौं । फिल्म ‘वीरविक्रम–२’ रिलिज भयो, त्यसपछि निर्माण युनिटले नै सामाजिक सञ्जालमा ‘मेमे नेपाल’ नामक पेज तथा युट्युब च्यानल चलाएका टिमलाई फिल्म हेरेर समीक्षा गरिदिन बोलायो । ‘मेमे नेपाल’टिमले फिल्म हे¥र्यो र व्यंग्यात्म शैलीमा फिल्मका सकरात्मक, नकरात्मक पक्षको समीक्षा ग¥यो । समीक्षा गरेका थिए प्रस्तोता प्रणेश गौतमले । यस भिडियोलाई सामाजिक सञ्जालमा अपलोड भएको केही समयमै फिल्मको निर्माण पक्षबाट हटाउन दबाब आएको एडमिनहरु बताउँछन् ।

२. वडा कार्यालयनै कब्जा गरी भू–माफियाद्वारा विद्यालयको जग्गा हडप्ने प्रयास !
नुवाकोट । नुवाकोटमा वडा कार्यालय नै कब्जा गरी भू–माफियाहरुको एक समूहले विद्यालयको नाममा रहेको जग्गा हडप्ने प्रयास गरेका छ । नुवाकोटको लिखु गाउँपालिका – ४ चौघडास्थित क्षेत्रपाल माध्यामिक विद्यालयको करोडौं मूल्य पर्ने १४ रोपनी जमिन व्यक्तिको नाममा गराउन नेकपाका नेता साध्यबहादुर भण्डारीले १५ करोडभन्दा बढी मूल्य पर्ने जग्गा कब्जा गर्न खोजेका हुन् ।

३. साउदीमा ६० जना नेपालीहरु भोक–भोकै, उद्धारको गुहार दुतावासले सुनेन
काठमाडौं । साउदी अरेबियामा ६० जना नेपाली अलपत्र परेका छन् । नाकुरी नेपाल रिक्युरमेन्ट सर्भिसबाट साउदी पुगेका उनीहरु भनेको जस्तो काम नपाएर भोक–भोकै बस्न बाध्य बनेका छन् । आफूहरुको उद्धार गरिदिनु पर्नै भन्दै उनीहरुलाई हामीलाई भिडियो पठाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com