संविधान संशोधन नभए सडक संघर्षमा उत्रने राजपाकाे चेतावनी



प्रकाशित मिति : Jun 13, 2019

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संसोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए सडक संघर्ष गर्ने चेतावनी दिए । उनले सरकारसँग विगतको प्रतिवद्धतालाई नभुल्न चेतावनी समेत दिए ।

उनँले सरकार र संबैधानिक निकायले संसदको मर्यादा र गरिमाको उपहास गर्ने काम गरेको आरोप समेत लगाए । संसदको गरिमा कायम नहुने र सांसदको आवाजको सुनुवाई नहुने हो भने संसदमा उभिएर बोल्नुको अर्थ नरहेको भन्दै उनँले संसद र संसदिय समितिका निर्देशन पालना गरेर संसदको मर्यादा र गरिमा कायम राख्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com