मुगुमा अनिश्चितकालका लागि विद्युत सेवा बन्द हुने



प्रकाशित मिति : Jun 13, 2019
  • दान बहादुर बुढा

जेठ ३० मुगु । नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रबाट उत्पादन भई वितरण हुँदै आएको विद्युत सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । गमगाढ जल विद्युत आयोजनाको बालै खाम गाईटे भन्ने स्थानमा विद्युतको नहरबाट पानी चुहिएर पहिरो जान थाले पछि त्यसको मर्मत गर्नको लागि भन्दै विद्युत सेवा बन्द गर्न लागेको हो ।

नहर चुहिदै गरेको अवस्थामा विद्युत सुचारु गर्दा आधा दर्जन स्थानीयका घर तथा सयौं रोपनी खेतियोग्य जमिन बग्ने खतरा देखिएपछि अनिष्चित कालका लागि विद्युत सेवा बन्द गरिएको गमगाड वितरण केन्द्रले जानाएको छ ।

नहरक विभिन्न स्थानमा तत्काल मर्मत गर्नु पर्ने भएकाले अनिश्चित कालका लागि सेवा बन्द गर्नु परेको हो, नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख शिवप्रसाद पाण्डेले भन्नुभयो । विद्युत सेवा लामो समयसम्म बन्द हुने भए पछि स्थानीयवासी तथा सरकारी तथा गैर सरकारी निकाय, उद्योगि , व्यवसायीले विद्युतको विकल्प खोज्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com