१४ औं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा



प्रकाशित मिति : Jun 13, 2019

बुटवल, ३० जेठ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा शुभारम्भ भएको छ । यस सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभी, मोबाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

बजारमा उच्च स्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवति मल्टी सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवति मल्टी सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’

उनले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफूहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध जनाएका छन् । दुबै प्रोपराइटर भन्छन् ‘हामीले दिने सेवाले बुटवल र बुटवललाई व्यवसायीक केन्द्र बनाउनु हुने ग्राहकको हृदय जित्ने कुरामा विश्वस्त छौँ ।’

नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com