नेपालमा लगानी गर्न फ्रान्सेली व्यवसायीसँग प्रधानमन्त्री ओलीको आग्रह



प्रकाशित मिति : Jun 13, 2019

पेरिस । युराेपेली ३ देशकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका उद्याेगी-व्यवसायीलाइ भेटेका छन् । बुधबार लण्डनबाट भूमिगत रेलमार्ग हुँदै फ्रान्सको राजधानी पेरिस अाइपुग्नुभएका अाेलीले त्यहा बिहीबार स्थानीय उद्योगी व्यवसायीकाे टाेलीसँग छलफल गर्नुभएकाे हाे ।

तस्वीर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल

साे छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानीकाे वातावरण बनेका जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयाे । उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम भएर मुलुक समृद्धिकाे दिशामा अघि बढेकाे जनाउँदै लगानी जाेखिम नरहेकाेबारे बताउनुभयाे । साथै कानुनी जटिलताहरु समेत अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाे भन्दै निर्धक्क लगानी गर्न सकिने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आजै फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । ९ दिने युराेप भ्रमणका लागि निस्कनुभएका उहाँले यसअघि स्वीट्जरल्याण्ड र बेलायतकाे भ्रमण गरिसक्नुभएकाे छ । उहाँसहितकाे टाेली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com