विनाजानकारी हाइड्रोपावरको ड्याम खोल्दा ‘प्राक्टिकल’ गर्न गएकी युवती बेपत्ता



प्रकाशित मिति : Jun 13, 2019

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । स्थायी घर दाङ भइ काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत युवतीलाई खोलाले बगाएको हो ।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई हुन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी युवती आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानाकारी दिए ।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com