हाइ अलर्टमा गुजरात : खतरनाक समुद्री आँधी आउँदै, ३ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो



प्रकाशित मिति : Jun 13, 2019

एजेन्सी । भारतकाे गुजरात राज्यकाे तटीय क्षेत्रमा खतरनाक समुन्द्री आँधी आउने चेतावनीसँगै त्यहाँका ३ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बिबिसीले हिन्दीले जनाएकाे छ ।

‘वायु’ नाम दिइएकाे साे चक्रवात आज बिहीबार नै गुजरातकाे तटीय क्षेत्रमा ठाेक्किने भारतीय मौसम विभागले जनाएकाे छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको विभागकाे भनाइ छ ।

मौसम विभागले गम्भीर श्रेणीमा राखेको यस चक्रवातले गुजरातको पोरबंदर र जामनगर जस्ता कयौं इलाकामा प्रभाव पार्ने जनाइएकाे छ । यतिबेला ती स्थानहरुमा भारी वर्षा र तीब्र हावाको प्रकोप देखिइसकको छ ।

आँधीबाट हुने सम्भावित नोक्सानीलाई रोक्न तथा उद्धार कार्यका लागि वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएको छ भने पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । साथै गुजरातका १० जिल्लामा बिहीबार र शुक्रबारसम्मका लागि सबै स्कुलहरु बन्द गरिएकाे छ ।

त्यहाँकाे रेला सेवालाई पनि बन्द गरिएको जनाइएकाे छ । साथै पाँचवटा विमानस्थलको हवाई सेवालाई २४ घण्टाका लागि बन्द गरिएको छ । भारतकाे केन्द्र सरकारले समेत साे सम्भावित घटनाप्रति निरन्तर नजर लगाइरहेकाे र स्थानीय राज्य सरकारले पूरै सचेतना अपनाइरहेकाे अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com