कारको ठक्करबाट सेनाका लेस नायकको मृत्यु



प्रकाशित मिति : Jun 13, 2019

मकवानपुर । जिल्लाको भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले ठक्कर दिँदा एकको मृत्यु भएको छ । काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको हो ।

सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको उपचारका क्रममा काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको हो ।

तामाङ कारको ठक्करबाट गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ठक्कर दिने कार तथा कार चालक भक्तपुर सूर्यविनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com