विदेश अध्ययनमा कडाइ, १२ पास नगरी एनओसी नपाइने



प्रकाशित मिति : Jun 13, 2019

काठमाडौं । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ। शिक्षा मन्त्रालयले एक वर्षभन्दा कम अवधिको कोर्स अध्ययन गर्न जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नोअब्जेक्सन लेटर–एनओसी) नदिने निर्णय गरेको हो।

निर्णय कार्यान्वयन गर्न बुधबार सम्बन्धित शाखामा पत्राचार गरिएको मन्त्रालयका वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। उनका अनुसार १२ कक्षा पास नगरी डिप्लोमा तहको भोकेसनल कोर्स अध्ययनमा जान खोज्ने विद्यार्थीलाई एनओसी रोकिएको खबर हो।

विश्वविद्यालयमा भर्ना हुने प्रमाण भएका विद्यार्थीलाई भने रोकिएको छैन। डिप्लोमा कोर्स गर्न एसईई मात्र उत्तीर्ण गरेको विद्यार्थी पनि जान पाउँछन्। उनीहरूले विदेशमा गएर दुःख पाउने र स्वदेशी पुँजी बाहिरिने कारण देखाउँदै सरकारले त्यस्ता विद्यार्थीलाई एनओसी दिन रोक लगाएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com