गुडिरहेको गाडीको झ्यालबाट टाउको बाहिर निकाल्दा बोर्डमा ठोक्किएर एक विद्यार्थीकाे मृत्यु



प्रकाशित मिति : Jun 13, 2019

काठमाडौँ । एक जना विद्यार्थीले गाडीको झ्यालबाट बाहिर टाउको निकाल्दा बोर्डमा ठोक्किएर ज्यान गएको छ ।

गुडिरहेको विद्यायल बसको झ्यालबाट टाउको निकाल्दा मृत्यु हुनेमा रामेछापको खाडादेवि गाउँपालिका – ३ भिरपानीका १४ वर्षीय रमेश श्रेष्ठ रहेका छन् । सुनकोशी गाउँपालिका–३ झागाझोलीको प्रगतिशिल माविको बा ३ ख ३५२० बस पढाई सकेपछि विद्यार्थी पुर्याउन उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बहादुर वस्नेतले बताएको नयाँ पत्रिकामा खबर छ ।

घटनापछि गाडीका चालक भक्त श्रेष्ठ फरार बताइएको छ । घट्नाको प्रकृति अनुसार चालकको चरम लापरवाही देखिएको जनाइएको छ । खबर अनुसार चालकले गाडी तिब्र गतिमा कुदाउदा नियन्त्रण गर्न नसकि बोर्डमा ठोकिएको छ । नयाँ पत्रिकाबाट


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com