विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित



प्रकाशित मिति : Jun 13, 2019

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।

पाकिस्तानलाई ४१ रनले पराजित गर्दै साविकको विश्कप विजेता अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५।४ ओभरमा अल आउट हुँदै २ सय ६६ रन मात्रै बनाउँन सक्दा अष्ट्रेलियाले जित हातपारेको हो ।

Image result for pakistan vs australia

टस जितेर फिल्डिंग गरेको पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७५ बलमा ७ चौकासहित ५३ रन बनाए । बाबर आजम ३० रनमा आउट भए । कप्तान आरोन फिन्चको २७ ओभरको अन्तिम फुलटस बलमा ठूलो शट खेल्न खोज्दा ४९ बलमा ३ चौका र १ छक्का सहित ४६ रनमा समेटिए । सोएब मालिक शुन्य, हसन अली ३२, कप्तान शरर्फराज अहमिद ४०, वहाब रियाज ४५ रनमा आउट भए ।

अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट, मिचेल स्टार्क र केन रिचड्सनले २-२ एवं नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले समान १ विकेट लिए ।

Image result for pakistan vs australia

टाउन्टनमा अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रन बनाएको थियो । जसलाई पछ्याउन पाकिस्तानलाई सकस पर्याे । अष्ट्रेलियाका डेविड वार्नरले शतक प्रहार गरे । उनले १ सय ११ बलमा ११ चौका र १ छक्का सहित १ सय ७ रनको आफ्नो विश्वकपमा दोस्रो तथा वान डे करियरको १५ औं शतक पुरा गरेका हुन् ।

Related image

वार्नरपछि अष्ट्रेलियाका लागि ्कप्तान आरोन फिन्च ८२ रन को योगदान दिए । स्टिभ स्मिथ १०, ग्लेन म्याक्सवेल २०, शन मार्श २३,उस्मान खवाजा १८ र नाथन कुल्टर नाईल २ रनमा आउट भए । हार व्यहोरेको पाकिस्तानका लागि मोहम्मद आमिरले ५, शाहिन शाह अफ्रिदीले २ र हसन अली, मोहम्मद हफिज र वहाब रियाजले -१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com