शरिर भरी अवैध ५७ लाख लुकाएर जाँदै गरेका भारतीय नागरिक पक्राउ



प्रकाशित मिति : Jun 13, 2019

बारा । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल भारत दशजगा क्षेत्रबाट मोटरसाइकलमा सिमापारी जादै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसमेत फेला पारिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बडकी फुलवरियाबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिक वृजकिशोर कुमारलाई सो रकम सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार टोलीले बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनी र दुबै खुट्टाको घुँडा मुनी पिडौला, कम्मर र जिन्स पाइन्टको खल्ती तथा हेल्मेट र मोटरसाइकलको डिक्कीमा रकम लुकाएर जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी कुमारलाई सम्पति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com