निर्यातमा पाँच प्रतिशतसम्म नगद अनुदान दिने नीति कार्यान्वयन भएन



प्रकाशित मिति : Jun 12, 2019

काठमाडौं । सरकारले आन्तरिक उत्पादन बढाएर व्यापार सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ । जसका लागि निर्यातजन्य वस्तु उत्पादकलाई ५ प्रतिशतसम्म नगद अनुदान दिने नीति छ । उद्योगी भने नीति कार्यान्वयनमा सरकार अनुदार रहेको गुनासो गर्छन ।

निर्यात प्रवद्र्धनका लागि भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमा १५ बस्तुमा ५ र १२ वस्तुमा ३ प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । तर, चालु आर्थिक वर्षको ११ महिना बित्दा पनि सरकारले कार्यान्वयन गर्न नसकेको उद्योगी/व्यवसायी बताउँछन् । उद्योगीले ‘भ्यालु एडिसन’को आधारमा निर्यात अनुदान पाउन सक्छन् ।

यसअघि भारत तर्फ खुल्ला सिमाना, स्थानीय व्यापार व्यवस्थापनमा समस्या हुने भन्दै निर्यातमा अनुदान दिएको थिएन । तर, अहिले भारतमा निर्यात हुने वस्तुमा पनि अनुदान दिने नीति सरकारको छ । अनुदान दिदा उद्योगको प्रवद्र्धन मात्र हुने नभई अर्थतन्त्रमा नै सहयोग पुग्ने विज्ञहरु बताउँछन् ।

उद्योगीहरुले बजेटको १ प्रतिशत रकम निर्यात प्रवद्र्धनमा खर्च गरेमा आगामी ५ वर्षमा निर्यात ३ गुणाले बढ्ने बताउँछन् । तर सरकारले दिने भनेको अनुदान कागजमा मात्र सिमित हुने गरेको गुनासो उनीहरुको छ ।

अहिले नेपालको व्यापार घाटा सबैभन्दा बढी भारतसँग छ । निर्यात पनि भारतसँगै बढी हुन्छ । व्यापार घाटा कम गर्न स्वदेशी उद्योगको गुणस्तरिय उत्पादन क्षमता बढाउनुपर्ने विज्ञहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com